बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

काठमाडौं – पोखराका लागि उडेका जहाज काठमाडौं फर्किएका छन् । त्रिभुवन विमानस्थलबाट उडेका यति एयरलाइन्स र श्री एयरलाइन्सका जहाज पोखरा अवतरण नगरी काठमाडौं फर्किएका हुन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं नै फर्किएको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले ले जानकारी दिए । ‘टावरको सञ्चार सेवामा समस्या आउँदा दुई विमान काठमाडौं फिर्ता भएका छन्,’ उनले भने ।

तपाईको प्रतिक्रिया