Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – पशुपतिमा सुनको जलहरी जडान गर्दा एक किलो चार सय ग्राम सुन हिनामिना भएको ठहर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ। आयोगले आइतबार पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलन कुमार थापा (हालका सदस्य सचिव) र स्टोरकिपार अरुण कुमार श्रेष्ठको मिलेमतोमा १४९१.७१८ ग्राम सुन गायब पारिएको दाबी गरेको हो।आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्दै तीन जनाले १४९१.७१८ ग्राम सुनबाट तत्कालीन बजार भाउअनुसार एक करोड १७ लाख एक हजार सात सय ८१ एकासी रुपैयाँ बिगो दाबी गरेको छ।

आयोगले आफ्नो अभियोगपत्रमा उल्लेख गरेको छ, ‘बदनियतपूर्वक सुनको जलहरी निर्माणको क्रममा हानिनोक्सानी भएको १४९१.७१८ ग्राम सुनको नेपाल राष्ट्र बैंकसँग किनेको मूल्यमा पर्न आउने मुल्य रु १,१७,०१,७८१.८५ (एक करोड सत्र लाख एक हजार सात सय एकासी रुपैया पचासी पैसा) मुल्य बराबरको सुन हिनामिना गर्ने कार्यमा यी प्रतिबादीहरु डा. प्रदिप ढकाल र डा. मिलन कुमार थापाको प्रत्यक्ष भूमिका समेत रहेको पुष्टि हुन एवं उक्त हिनामिना भएको…।’

जलहरी प्रकरणमा घोटाला भएको भन्दै उजुरी परेपछि अख्तियारले सुस्त गतिमा छानबिन गरिरहेकै बेला संसदमा कुरा उठेपछि राष्ट्रिय चासोको विषय बनेको थियो। जलहरी प्रकरणले संसद नै अवरुद्ध हुने स्थिति बनेपछि सरकारको निर्देशनमा अख्तियारले उतारेर छानबिन गरेको थियो। छानबिनका क्रममा १४ सय ग्राम सुन कम राखेर त्यसको सट्टो लाहा हालिएको पाइएको आयोगको छानबिन प्रतिवेदनमा उल्लेख छ। तत्कालीन राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटनमन्त्री भानुभक्त ढकालको जोडबलमा २०७७ फागुनमा चाँदीको जलहरीमाथि सुनको जलहरी राखिएको थियो।

 

तपाईको प्रतिक्रिया