Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

नागोया – जापानमा नेपालको ग्रेटर म्याप सार्वजनिक गरिएको छ । आइतबार जापानको नागोया शहरमा नेपाली मिडिया सेन्टर जापानले प्रकाशन गरेको नेपालको ग्रेटर म्याप सार्वजनिक गरिएको हो । उक्त औपचारिक कार्यक्रमको अध्यक्षता नेपाली मिडिया सेन्टर जापानका अध्यक्ष कविकिरण न्यौपानेले गरेका थिए भने कार्यक्रम सञ्चालन मिडिया सेन्टरका सचिव राजविन थापाले गरेका थिए ।

मिडिया सेन्टरका उपाध्यक्ष विनोदकुमार सापकोटाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा अर्का उपाध्यक्ष श्याम शीतलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको प्रमुख अतिथि भने नेपाली मेडिकल एसोसिएसन, जापानका संयोजक डा लुसुन चालिसे थिए । उनले जापानमा डाक्टरी पेसा निर्भीक गर्न सकिए पनि नेपालमा डाक्टरहरू अहिले पनि सुरक्षित हुन नसकेको बताए ।उनले २००९ मा डक्टर अभ मेडिसिन, ओसाका युनिभर्सिटी, फ्याकल्टी अभ मेडिसिन, आफ्नो अध्ययन गरेका थिए। उनले २०१५ मा बोर्ड सर्टिफाइड स्पेसलिस्ट इन न्युरोसर्जरी (जापान न्युरोसर्जिकल सोसाइटी) पुरा गरी २०१८ मा विद्यावारिधि (पीएच् डी) समेत गरी न्युरो-अन्कोलोजी (नागोया युनिभर्सिटी, जापान) बाट पुरा गरेका थिए ।

डा चालिसेले २०१८ बाट उपप्राध्यापक भई  (टोक्यो युनिभर्सिटी, जापान) फ्याकल्टी एट् द एड्वान्सड् क्लिनिकल रिसर्च सेन्टर, डिविजन अभ इन्नोवेटिव क्यान्सर थेरापी, इन्सिटिच्युट अभ मेडिकल साइन्स अभ द युनिभर्सिटी अभ टोक्यो  (IMSUT) न्युरोसर्जन को रूपमा IMSUT Hospital, टोक्यो काम गरी सकेका छन् । २०२० बाट भने कन्सल्ट्यान्ट न्युरोसर्जनका रूपमा जापानको नागोया सेन्ट्रल हस्पिटलमा उनी कार्यरत  छन् ।आयोजकका अनुसार जापानमा रहेका हाम्रा सन्तानलाई हाम्रो मातृभूमिको र पुर्खाको गौरवमय इतिहास थाहा होस् भन्ने उद्देश्य एवं हाम्रा पुर्खाहरूले गरेको बलिदानलाई स्मरण र सम्मान स्वरूप नेपाली मिडिया सेन्टर जापानले नेपालको ग्रेटर म्याप (ऐतिहासिक नक्सा) प्रकाशन गरेको र उक्त नक्सा जापानमा सार्वजनिक एवं निःशुल्क वितरण कार्यक्रम आयोजना गरिएको बताइएको छ । हाल जापानमा १ लाख ५० हजारको हाराहारीमा नेपालीहरू रहेका छन् ।

कार्यक्रममा तोकाई बाटिका ईन्टरनेशनल स्कुलका प्रमुख सञ्चालक डा सुदिप अधिकारी , एनआरएनए आईसिसि सदस्य दीपक कार्की, एनआरएनए एसिया प्यासिफिक संयोजक पारशमणि पोखरेल, एनआरएनए जापानका सहकोषाध्यक्ष राथा थापाकाजी , एनआरएनए जापानका निवर्तमान उपाध्यक्ष राजकुमार अधिकारी, एनआरएनए जापानका पूर्व उपाध्यक्ष डिलाराम खरेल, गलकोट समाज जापानका पूर्व अध्यक्ष यम खत्रीले  धारणा राखेका थिए ।धारणा राख्ने अत्य अतिथिहरूमा मितेरी नेपालका अध्यक्ष चिरञ्जीवी सिग्देल , एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषराज गौतम, नेपाली मिडिया सेन्टर जापानका सल्लाहकार हरिप्रसाद पोखरेल, स्याङ्जा समाज नागोयाका अध्यक्ष मित्र सिग्देल, मोना नागोयाका अध्यक्ष दीपक बगाले, जनसम्पर्क समिति नागोयाका पूर्व अध्यक्ष चोलेन्द्र अधिकारीलगायत थिए ।

तपाईको प्रतिक्रिया