Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जनप्रगतिशील मञ्च जापान गुन्मा-तोचिगी क्षेत्रीय समितिको अध्यक्ष विमन किराँती चयन भएका छन् । आइतबार सम्पन्न तेस्रो अधिवेशनले किराँतीको अध्यक्षतामा २५ सदस्यीय समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा संकल्प थिंङ तामाङ, अभिशेक रायमाझी, श्रीथर पन्थी र रवि न्यौपाने चयन भएका छन् भने सचिवमा सुजन आन्वोलिम्व, सहसचिवमा कर्ण राना र कमल न्यौपाने तथा कोषाध्यक्षमा राम लाल तामाङ चयन भएको समितिले जनाएको छ ।यसैगरी सदस्यहरूमा पासाङ बम्जङ, सबिन कुमार थापा, रन्जिता दोङ, निसा बोम्जन, राजेस गिरी, राज कुमार गिरी, सुविन तामाङ, छिरिङगमा शेर्पा, विष्णु घिमिरे, भीमबहादुर सावद, रुद्रबहादुर रावत, नवराज घिमिरे, पवन बोहोरा, विष्णु थापा, सागर ढकाल र श्शल राई छन् । सल्लाहकार समिति संयोजकमा कुलमान लामा चयन भएका हुन् ।

संयोजक राकेश बिमली को सभापतित्वमा गुन्मामा भएको अधिवेशनमा बागमती प्रदेशका पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रत्न ढकाल प्रमुख अतिथि रहेका थिए । यसैगरी चौरी देउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईँ र जनप्रगतिशील मञ्च जापानका कावा अध्यक्ष मोहन पौडेल विशेष अतिथि रहेको समितिले जनाएको छ । अधिवेशनमा जापानमा रहेको विभिन्न संघसस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । जनप्रगतिशील मञ्च नेकपा माओवादी केन्द्रको प्रवास संगठन हो ।

तपाईको प्रतिक्रिया