Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए)को एसिया प्यासिफिक क्षेत्रको संयोजक पदमा उम्मेदवारी घोषणा गरेका शिवप्रसाद पौडेलले प्रतिबद्धता सार्वजनिक गरेका छन् । एनआरएनए जापानको निवर्तमान अध्यक्षसमेत रहेका पौडेलले काम गर्ने योजना सहितको १० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

कोभिड १९ को बेला जापानमा रहेका थुप्रै नेपालीहरूलाई खोप व्यवस्थापनदेखि नेपाल जान सहज वातावरण मिलाएर सबैको नजरमा पर्न सफल भएका कारण आफूले जित्नेमा विश्वस्त रहेको पौडेलले बताए । उनले एसिया प्यासिफिक क्षेत्रमा छरिएर बसेका सम्पूर्ण मतदाताहरूलाई भोटको अपिलसमेत गरेका हुन् ।

करिब २० वर्षअघि जापान पुगेका शिव अहिले त्यहाँको नेपाली समुदायका एक सफल व्यवसायीका हुन् । विदेशी भूमिमा आपत् परेर छटपटाइरहेका नेपालीलाई सहयोगदेखि उद्धारसम्म अनि आफ्नो मातृभूमि नेपालका लागिसमेत असीमित योगदानले चिनाएका शिवप्रसाद एक कुशल संगठक, संयोजक र नेतृत्वकर्ता पनि हुन् ।

यस्ता छन् प्रतिबद्धता
१. वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउनको लागी सम्बन्धित निकायहरूमा पहल गर्ने ।

२. श्रमिकको हक अधिकारको लागि बिचौलियाको अनावश्यक हस्तक्षेप र सम्बन्धित कम्पनीबाट पीडित बनाइने समस्या समाधानको लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने ।

३. विदेशमा जाने श्रमिकलाई सक्षम र सबल तथा दक्ष बनाउनको लागि गन्तव्य मुलुक जानु अघि सम्बन्धित कार्यको सिपयुक्त बनाउन एनआरएनएमार्फत निःशुल्क सिप सिकाउन भोकेसनल पार्क तथा कलेजको स्थापना गर्ने व्यवस्था गराउन सम्बन्धित निकायमा पहल गर्ने ।

४. श्रम स्वीकृति लिन विद्यमान झन्झटिलो प्रक्रियाको समाधानका लागि सरोकारवाला निकायसँग आवश्यक छलफल गरी समाधानको लागि विकल्पसहित सहजीकरण गर्ने ।

५. सामाजिक सुरक्षा कोषबाट पाइने सम्पूर्ण सुविधाको बारेमा प्रवासमा रहेका हरेक नेपालीलाई सुसूचित बनाउन सचेतनमूलक कार्यक्रमका लागि एनएसीसीसंगको समन्वयमा कार्यक्रम गर्ने ।

६. गैर आवासीय नेपालीहरूलाई नागरिकताको निरन्तरता र विदेशमा बस्ने नेपालीलाई सम्बन्धित मुलुकहरूबाट मताधिकारको सुरक्षा सुनिश्चित गर्न पहल गर्ने ।

७.एसिया प्यासेफिक क्षेत्रको लागि छुट्टै बैङ्किङ कारोबार गर्नका लागि एकाउन्ट सञ्चालनमा ल्याइ सो मार्फत राहत कोषको स्थापनाको लागि पहल गर्ने ।

८. वैधानिक रूपमा रेमीट्यान्स नेपाल भित्र्याउन र वैदेशिक लगानीको वातावरण सृजना गर्न पहल गर्ने ।

९. एनआरएनले गर्ने राष्ट्रिय खेलकुदको लागि विदेशबाट नेपाल जाने खेलाडीका हवाई टिकट, होटल, बिमा र अन्य सहुलियतका लागि खेलकुद प्रतिस्थान मार्फत छुट्टै कोष बनाउन एनआरएन केन्द्रसँग पहल गर्ने ।

१०. पीएनओ परिचय पत्रको लागि सरकारसँग पहल गर्ने ।

तपाईको प्रतिक्रिया