Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्रीले अहिले बिहान ११ बजेपछि बस्ने गरी बोलाएको सात दलको बैठक रास्वपाले बहिस्कार गरेको हो ।

सभापति रवि लामिछानेले मूल्यवृद्धिको विरोधमा बैठक बहिष्कार गरेको बताए । ‘चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धि प्रति हाम्रो गम्भीर आपत्ति छ,’ उनले सामाजिक सञ्जालमार्फत भएका छन्, ‘यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको बैठक हामीले बहिस्कार गरेका छौँ । थप कार्यक्रम बारे जानकारी दिनेछौँ ।’

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक बोलाए स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाएका छन् । बैठकमा सदन सञ्चालन, सुन तस्करीको छानबिन लगायतमा छलफल हुने बुझिएको छ ।

तपाईको प्रतिक्रिया