Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – नेपाल आयल निगमले एलपीजी ग्याँस, पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्यवृद्धि गरेको छ । शनिवार बसेको निगम सञ्चालक समिति बैठकले खाना पकाउने एलपीजी ग्याँसको मूल्य २ सय १५ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र पेट्रोल लिटरमा २ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले जनाएको छ।

अब एलपीजी ग्याँस प्रति सिलिन्डर २१ सय १० रुपैयाँ, पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १८५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । निगमले भारतीय सीमासँगको दुरीको आधारमा पहिलो वर्ग, दोस्रो वर्ग र तेस्रो वर्गमा विभिन्न स्थानहरुको वर्गिकरण गर्दै पेट्रोलियम पदार्थको मूल्य तोक्दै आएको छ ।

निगमका अनुसार पहिलो वर्गमा चारआली , विराटनगर, जनकपुर, अमलेखगन्ज, भल वारी, नेपालगन्ज, धनगढी र वीरगन्ज पर्दछ भने दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, दिपायल र पोखरा पर्दछ। पेट्रोलियम पदार्थ तथा ग्याँसको स्वचालित मूल्य कार्यविधि, २०८० अनुसार सो मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

भारतीय आयल निगमले मंगलबार पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल १ रुपैयाँ ३४ पैसा र डिजेलमा ४ रुपैयाँ ८२ पैसा र एलपीजी ग्याँस १ सय ७३ रुपैयाँ ४५ पैसा वृद्धि भएर आएको थियो । चार्ड पर्व नजिकिएको बेला अचानक मूल्य बढेर आएकोमा जनताको आक्रोश चुलिएको छ । इन्धनको मूल्य बृद्धिभएसँगै सार्वजनिक यातायातको भाडा दर बढ्ने आकलन गरिएको छ।

 

तपाईको प्रतिक्रिया