Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपालले मालदिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ । एशियन गेम्स अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१२ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक २७ बलमा ५२ रन बनाएका थिए । कुशल मल्लले २० बलमा अविजित ४७ रन बनाए भने कुशल भुर्तेलले ३५ रन बनाएका थिए । गुलशन झाले पनि २१ बलमा ३५ रन बनाएका थिए । आसिफ सेखले ६, विनोद भण्डारीले १३, सन्दीप जोराले ५, दीपेन्द्र सिंह ऐरीले ६ तथा सोमपाल कामीले अविजित १ रन बनाएका थिए ।

अब मालदिभ्सले केहीबेरमा जवाफी ब्याटिङ गर्दै छ । नेपाल र मालदिभ्सले यस अघि एक एक खेल जितेका छन् र यस खेलको विजेता क्वाटरफाइनलमा पुग्ने छ ।

तपाईको प्रतिक्रिया