Deneme Bonusu Veren Siteler
शुक्रबार, भाद्र २८, २०८१
Friday, September 13, 2024

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले यो वर्ष वैदेशिक रोजगारीमा गएका ९२ प्रतिशत श्रमिक सिप तथा तालिम नभएकाहरु गएको बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको श्रमिक सीप विकासमा नीतिगत व्यवस्था विषयक छलफल कार्यक्रममा बोल्दै सचिव भण्डारीले यस्तो बताएका हुन् ।

उनले नेपालको कानुनले वैदेशिक रोजगारीमा जानका लागि सीप र तालिम अनिवार्य आवश्यक भनेको बताए । सचिव भण्डारीले कानुनी व्यवस्था भए पनि नेपालबाट वैदेशीक रोजगारीमा जानेहरु मध्ये ९२ प्रतिशत श्रमिक सीप विना विदेश गइरहेको जानकारी दिए । उनले पछिल्लो वर्ष वैदेशिक रोजगारीमा गएका साढे तीन लाख नेपालीमध्ये ९२ प्रतिशत तालिम बिना गएको उल्लेख गरेका हुन् ।

सचिव भण्डारीले तालिम र सिपको सर्टिपिकेट आवश्यक पर्ने भएकाले तालिम बिनाको सर्टिपिकेट बोकेर विदेश जाने गरेको बताए । उनले सीप बिना वैदेशिक रोजगारीमा जाने गरेकाले नेपालमा आएर सामान्य सुनचाँदी बनाउने भारतीय कालीगढहरुले गर्ने आम्दानीभन्दा पनि कम रहेको बताए । उनले नेपालमा सीप विकासका लागि तालिम दिने भनेर सबै मन्त्रालय र संस्थाहरुले गरिरहेको बताए । अब सरकारले शिक्षा र श्रम मन्त्रालयलाई श्रमिक र एडभान्स तालिम सिटिभिटीलाई मात्रै दिएर अन्य सबै बन्द गर्न आवश्यक रहेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया