Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – चीनको हाङ्जाउमा जारी एसियाली खेलकुदमा ७ सय १२ पदकको छिनोफानो भइसकेको छ । एसियाडमा शनिबार बिहानसम्ममा ७ सय १२ पदकको छिनोफानो भइसकेको हो ।

जसमा आयोजक चीनले मात्रै २०० पदक जितेको छ ।  पछिल्लो पदक तालिकाअनुसार चीनले १०५ स्वर्ण ६३ रजत र ३२ कास्य पदकसहित २०० वटा पदक हात पारेको छ । चीन सुरुदेखि नै एसियाली खेलकुदमा पहिलो स्थानमा रहेको छ ।  पदक तालिकामा दोस्रो स्थानमा जापान आइपुगेको छ । यसअघि जापान तेस्रो स्थानमा रहेको थियो । जापानले २७ स्वर्ण, ३५ रजत र ३७ वटा कास्य पदक जितेर कुल ९९ पदक पाएको छ ।

खेल सुरु देखि नै दक्षिण कोरिया दोस्रो स्थानमा रहँदै आए पनि जापानले उछिनेको हो  ।  तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले २६ स्वर्ण, २८ रजत र ४८ वटा कास्य पदक जितेको छ । दक्षिण कोरियाले हालसम्म १०२ पदक जितेको छ ।  लगातार स्वर्ण जित्दै छिमेकी मुलुक भारत चौथो स्थानमा उक्लिएको छ । भारती खेलाडीको कडा मेहनतको प्रतिफल स्वरूप भारत एसियाली खेलकुदमा ८ वटा स्वर्ण जितेको छ ।

भारतले १२ वटा रजत र १३ वटा कास्य पदक प्राप्त गरेर चौथो स्थान आएको छ । शुक्रबार भारत पाँचौँ स्थानमा थियो ।  एक स्थान माथि उक्सँदै थाइल्यान्ड पनि पाँचौँ स्थानमा आइपुगेको छ । उज्बेकिस्तानपछि पार्दै थाइल्यान्ड पाँचौँ स्थानमा आइपुगेको हो । ८ स्वर्ण, ३ रजत र ९ कास्य गरि २० पदकसहित पदक तालिकामा पाँचौँ स्थानमा रहेको छ ।

एक स्थान खस्कँदै उज्बेकिस्तान सूचीको छैटौँ स्थानमा छ । उज्बेकिस्तानले ७ स्वर्ण, १० रजत र १५ कास्य गरि ३२ पदक हात पारेको छ ।  हङकङ ५ स्वर्ण, १३ रजत र १८ कास्यसहित पदक तालिकामा सातौँ स्थानमा रहेको छ । हङकङले कुल ३६ पदक जितेको छ । चाइनिज ताइपे ५ स्वर्ण, ६ रजत र ९ कास्यका आठौँ स्थानमा आइपुगेको हो । अहिलेसम्ममा चाइनिज ताइपेले २० पदक हात पारेको छ ।

 २३ पदकसहित इरान नवौँ स्थानमा छ । इरानले ३ स्वर्ण १० रजत र १० कास्य पाएको छ । १३ पदक जितेर सूचीको दशौँ स्थानमा उत्तर कोरिया छ । उत्तर कोरियाले शुक्रबार सम्ममा ३ स्वर्ण ६ रजत र ४ कास्य हात पारेको छ ।  यसपछि सूचीमा क्रमशः किर्गिस्तानले ३ स्वर्ण, ४ रजत र १९ कास्य जितेको छ । इन्डोनेसियाले ३ स्वर्ण, ३ रजत र १० कास्य जितेको छ । सिंगापुरले २ स्वर्ण, ४ रजत र ४ कास्य हात पारेको छ । मलेसियाले २ स्वर्ण, ३ रजत र ८ कास्य जितेको छ ।

भेतनाम, संयुक्त अरब इमिरेट्स, मकाउ चाइना, कतार, कुवेत, ताजकिस्तान, किर्गिस्तानले एक-एक स्वर्ण पदक पाएका छन् । नेपाल भने अहिलेसम्म पदविहीन बनेको छ ।

तपाईको प्रतिक्रिया