Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद हुने क्रम अझै रोकिएको छैन । त्रिभुवन विमानस्थलबाट झण्डै तीन किलोग्राम सुनसहित एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको प्रहरीले जनाएको छ । दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित शुक्रबार साँझ पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।
उनका अनुसार बरामद सुन झण्डै तीन किलोग्राम छ । ‘दुबईबाट काठमाडौं आउँदै गरेको फिलिपिनो नागरिक सुनसहित समातिएकी छन् । समातिएको सुन झण्डै तीन किलोग्राम छ,’ उनले भने । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
तपाईको प्रतिक्रिया