शुक्रबार, मंसिर १५, २०८०
Friday, December 1, 2023

काठमाडौं – गायन रियालिटी शो ’द भ्वाइस अफ नेपाल’ सिजन ५ आजबाट प्रसारण हुँने भएको छ । यसअघि यो ‘शो’ असोज ५ बाट प्रशारण हुँने भएपनि ढिलो गरि शुक्रबारबाट प्रसारणमा आउन लागेको हो ।

यो ‘शो’ हिमालय टेलिभिजनबाट प्रसारण हुन्छ । डिजिटल अडिसनमा सहभागी भएका करिब ६० हजार मध्येबाट १ सय २० बढी प्रतिभाहरू ब्लाइन्ड अडिसनको तयारीमा रहेका छन् । नेपाल, भारत लगायतका विभिन्न स्थानबाट आएका प्रतिभाले ब्लाइन्ड अडिसनमा प्रस्तुति दिएका छन् ।

यो सिजनमा २ जना कोचहरु पनि परिवर्तन गरिएका छन् । अघिल्ला ३ वटा सिजनमा कोच रहेका राजु लामा र चौथो सिजनमा कोच रहेकी प्रविशा अधिकारी बाहिरिएका छन् । उनीहरुको ठाउँमा उदय सोताङ र मिलन नेवार कोचका रुपमा देखिने छन् । अघिल्लो सिजनमा कोच रहेका प्रमोद खरेल र राजेश पायल राई यो वर्ष पनि यथावत् नै रहनेछन् ।

तपाईको प्रतिक्रिया