Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – एसियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले बिहीबार पनि अग्रता कायम गरेको छ । एक सय ६५ पदकसहित पहिलो स्थानमा रहेको छ ।

चीनले हालसम्म ८८ स्वर्ण, ५१ रजत र २६ कास्य पदक हात पारेको छ भने दोस्रो स्थानमा रहेको दक्षिण कोरियाले २४ स्वर्ण, २२ रजत र ३८ कास्य गरी ८४ पदक जितेको छ । तेस्रो स्थानमा रहेको जापानले १८ स्वर्ण, २९ रजत र त्यति नै कास्य हात पारेर अहिलेसम्म ७६ पदक बटुलेको छ । छ वटा, १० वटा रजत र १५ वटा कास्य पदक हासिल गरेर उज्बेकिस्तानले चौथो स्थानमा चित्त बुझाएको छ ।

भारतले छ वटा स्वर्ण, ८ वटा रजत र ११ वटा कास्य पदक गरी जम्मा २५ वटा पदक जितेर पाँचौँ स्थान सुनिश्चित गरेको छ । प्रतियोगितामा उत्तर कोरियाले एकैपटक तीन वटा स्वर्ण पदक जितेको छ । सुटिङमा पहिलोपटक तीन स्वर्ण प्राप्त गरेको उसले पाँच रजत र चार कास्य गरी १२ वटा पदक जितेर पदक तालिकामा दशौँ स्थान हासिल गरेको छ ।

छ वटा स्वर्णसहित कुल १६ पदक जितेर थाइल्याण्ड छैटौँ, पाँच वटा स्वर्णका साथ ३२ पदक पोल्टामा पारेर हङकङ सातौँ, चार वटा स्वर्णका साथ १३ पदक जितेको चाइनिज ताइपेइ आठौँ र तीन वटा स्वर्णसहित जम्मा २२ वटा पदक पाएको इरान पदक तालिकामा नवौँ स्थानमा छ ।

४५ देशले भाग लिएको एशियन गेम्समा अहिलेसम्म २१ देशले स्वर्ण पदक जितेका छन् भने ३० देशले पदक जितेका छन् । अहिलेसम्म नेपालको प्रदर्शन भने निराशाजनक रहेको छ । पदक आशा गरिएको तेक्वान्दो र बक्सिङमा नेपालले अहिलेसम्म निराशाजनक प्रदर्शन गरेको छ । पुरुषतर्फको ब्याडमिन्टनमा नेपाल क्वाटरफाइनलमा पुगेको छ ।

तपाईको प्रतिक्रिया