Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रपतिको कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ । राष्ट्रपति कार्यालय, कानुन महाशाखाका सहसचिव ५२ वर्षीय कार्कीको शुक्रबार बिहान निधन भएको हो ।

कार्कीलाई बिहान करिब सवा ७ बजे नर्भिक अस्पताल ल्याइएको थियो । अस्पताल ल्याउनेबित्तिकै कार्कीलाई मृत घोषणा गरिएको थियो । केही महिनाअघि मात्र उनी राष्ट्रपति कार्यालय कानुन महाशाखामा सरुवा भएका थिए ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता उपसचिव वसन्तप्रसाद पन्थीका अनुसार कार्की गत असार २० गतेदेखि त्यहाँ हाजिर भएका थिए । कार्कीका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

तपाईको प्रतिक्रिया