Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि अस्ट्रेलिया पलायन भएका छन् ।नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै अष्ट्रेलिया पलायन भएका हुन् । सन् २०१२ देखि नेपाली राष्ट्रिय टिमका नियमित सदस्य बन्दै आएका विमल शुक्रबार अस्ट्रेलिया उडेका हुन् ।

सन् २०१३ को साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध अन्तिम मिनेटमा गोल गरेपछि विमल चर्चामा आएका थिए । उनले यू–१४, यू–१७, यू–२० र यू–२३ गरी सबैखाले उमेरस्तरमा नेपालको प्रतिनिधित्व गरेका थिए । मछिन्द्र फुटबल क्लबबाट घरेलु लिग खेल्ने विमलले भारतको मोहन बगानबाट समेत खेलेका थिए । खेलाडी विदेशीने क्रम नरोकिँदा हालसम्म नेपाली टिमका तीन दर्जनभन्दा धेरै खेलाडी विदेशीएका छन् । जसमा सुनिल बल, विशाल राई, अभिषेक रिजाल, आशिष लामा, रवि पासवानजस्ता खेलाडीहरू छन् ।

 

 

तपाईको प्रतिक्रिया