Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – नेकपा (एमाले) वाग्मती प्रदेशको अधिवेशनमा आज मतदान हुँदै छ । अध्यक्षमा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । हिजो बिहिबार भएको छलफलपछि अध्यक्षका तीन उम्मेदवार पछि हटेसँगै कृष्ण दाहाल र कैलाश ढुंगेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा संशोधित कार्यतालिका अनुसार आज बिहान ८ बजेबाट मतदान हुनेछ । अध्यक्ष पदमा पाँच आकांक्षीले उमेदवारी दर्ता गराएका थिए । त्यसमध्ये अहिले अध्यक्षमा दुईजना मात्रै उमेदवार बाँकी छन् । कैलाश ढुंगेल र कृष्ण दाहालबाहेकले उमेदवारी फिर्ता लिइसकेका छन् ।

तपाईको प्रतिक्रिया