Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – देवघाटमा नुहाउने क्रममा दुई जना भारतीय युवा हराएका छन्। आज बिहान ७ बजेतिर नारायणी नदीस्थित देवघाटमा नुहाउने क्रममा भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका ३ मिलनचोक बस्दै आएका १७ वर्षीय पंकज दाहाल बेपत्ता भएका हुन् ।

युवाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। धनगढी उपमहानगरपालिका र सोही उपमहानगरपालिकामा रहेको लक्ष्मी नारायण मन्दिरको संयुक्त भ्रमणमा आएका युवा हराएका हुन्। वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षकको नेतृत्वमा विपद व्यवस्थापनमा खट्ने प्रहरीसहितको टोलीले खोजी गरिरहेको उनले बताए।

 

तपाईको प्रतिक्रिया