Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल (महेश)को निधन भएको छ । निमोनियाबाट पीडित उनलाई उपचारका लागि भारतको लखनउ लैजाँदै गर्दा बाटोमै निधन भएको हो ।

माओवादी केन्द्रको तीन महिने रूपान्तरण अभियानको क्रममा डोटीमा खटिएका बडुवाल स्वास्थ्यमा समस्या आएपछि गृहजिल्ला कैलाली फर्किएर सामान्य उपचार गराउँदै आएका थिए । निमोनियाले गलाउँदै लगेपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको थियो । तर नेपालगञ्ज एयरपोर्ट पुर्‍याइएपछि हवाईजहाजका कर्मचारीहरूले धेरै उचाइबाट उड्नुपर्ने भएकाले बिरामीलाई झन् समस्या पर्ने भन्दै ल्याउन नमानेको बुझिएको छ ।

त्यसपछि हेलिकप्टरको प्रबन्ध गर्न खोज्दा पनि नसकेपछि एम्बुलेन्समार्फत भारतको लखनउ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । गत २०७१ साल असोज २० गते डोटीको कटकटे भन्ने स्थानमा भएको बस दुर्घटनामा परी बडुवालकी श्रीमती र एक छोराको मृत्यु भएको थियो । सो बस दुर्घटनामा २९ जनाको मृत्यु भएको थियो ।

बडुवाल सुदूरपश्चिममा जनसम्बन्ध राम्रो भएका नेताको रूपमा पार्टीभित्र चिनिन्छन् । उनी चर्चित सुर्खेत जेल ब्रेकर योद्धा भनेर चिनिन्थे ।

तपाईको प्रतिक्रिया