Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – दोलखाको सिँगटीबाट चार किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ । चीनबाट अवैध रूपमा ल्याएको चार किलो सुनसहित ३ जनालाई पक्राउ गरिएकोजिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार सुनसहित तीन जना पक्राउ पनि परेका छन् । पक्राउ परेकाहरु दोलखाको बिगु गाउँपालिका १ लामाबगर निवासी रहेको स्रोतले बतायो । आजै पत्रकार सम्मेलन गरेर थप जानकारी गराउने दोलखा प्रहरीको तयारी छ।’

गत आइतबारदेखि चीनले रोङजिया र कोल्दुम नाका चीनले एक साताका लागि खोलिदिएको छ। तर यी नाकाबाट सुन तस्करी हुन नसक्ने स्थानीयले बताएका छन्। चीनले बन्दगरेको लप्ची नाकाबाटै सुन तस्करले भित्राएको हुन सक्ने प्रहरीको अनुमान छ।

 

तपाईको प्रतिक्रिया