Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गरेको बताएका प्रहरी निरीक्षक (इन्स्पेक्टर ) मदन श्रेष्ठलाई निलम्बन गरिएको छ ।

गृह मन्त्रालयले इन्स्पेक्टर श्रेष्ठलाई निलम्बन गरिएको र उक्त प्रकरणमै सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी वेद जोशीलाई पनि सरुवा गरिएको जानकारी दिएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि उत्पन्न विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच भएको झडपका बेला विवादास्पद अभिव्यक्ति दिएका थिए ।

उक्त प्रकरणमा थप अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । इन्स्पेक्टर श्रेष्ठले मृतकका आफन्तहरू आक्रोशित भएका बेला ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्दै दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

मणिपालका चिकित्सकहरू दोषीलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मंगलबार धर्ना दिएका थिए । यस प्रकरणमा प्रहरीले चिकित्सक कुटेको आरोपमा विनय गुरुङलाई पक्राउ गरेको छ ।

गृहको अपिल:-

तपाईको प्रतिक्रिया