Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – आन्दोलनरत चिकित्सकहरूले आज पनि प्रदर्शन गरेका छन् । चिकित्सकमाथि कुटपिटको विरोधमा विभिन्न अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मीले काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

माइतीघरमण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरूको भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरूले आक्रमणकारीलाई कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरेका छन् ।

उनीहरूले ‘दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट, अस्पताल नआऊ, डाक्टर र बिरामीको ज्यान बचाऊ, डाक्टर कुट्न पाइँदैन, पेसा छोडौँ कि देश छोडौँ ? नेताले गफ चुट्ने, बिरामीले डाक्टर कुट्ने’लगायत प्लेकार्ड बोकेर नारा लगाएका थिए ।

उनीहरूले सुरक्षाको प्रत्याभूति नभएपछि सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिनुपरेको बताएका छन् । ‘स्वास्थ्यकर्मीमाथि दिनहुँ भौतिक आक्रमण, हातपात तथा दुव्र्यवहार भइरहेको छ । कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुन सकेको छैन,’ आन्दोलनरत चिकित्सकहरुले भने, ‘कार्यस्थलमा असुरक्षित महसुस गरेर सडकमा उत्रिएका हौँ ।’

लमजुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको थियो । मृतकका आफन्तसहितको भिडले डाक्टरले लापरबाही गरेको भन्दै सोमबार हातपात गरेका थिए । यसअघि हेटौँडा अस्पतालका दुई चिकित्सकमाथि कुटपिट भएपछि देशभरका स्वास्थ्यकर्मीहरू आन्दोलित भएका थिए ।

तपाईको प्रतिक्रिया