Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपालले १९औँ एसियन गेम्सको क्रिकेटमा शानदार सुरुवात गरेको छ । एसियन गेम्सको पहिलो खेलमा नेपालले मंगोलियालाई कीर्तिमानी २७३ रनले पराजित गर्दै शानदार सुरुवात गरेको हो ।

यो टी-२० क्रिकेटमा अहिलेसम्मको सबैभन्दा ठुलो अन्तरको जित हो । नेपालले दिएको ३१५ रनको लक्ष्य पछाएको मंगोलियाले १३.१ ओभरमा अल आउट हुँदै ४१ रन बनाएको थियो ।

मंगोलियाका एक ब्याट्सम्यानले १० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि करण केसी, अविनाश बोहोरा र सन्दीप लामिछानेले २-२ विकेट लिए भने सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले एक एक विकेट लिए ।

यसअघि नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ३ विकेट गुमाउँदै ३१४ रन बनाएको थियो । नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रन अविजित बनाए भने दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रन अविजित बनाएका थिए ।

यो टी-२० इतिहासकै अहिलेसम्मको उच्च योगफल हो । यसअघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध २०१९ मा सर्वाधिक २७८ रन बनाएको थियो ।

यस खेलमा कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए । योसँगै कुशल टी-२० को इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् । यसअघि टी-२० मा सर्वाधिक छिटो शतक ३५ बलमा थियो । जसमा भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए ।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक पुरा गरेर विश्व कीर्तिमान बनाएका छन् । १९औँ ओभरमा ५ छक्का प्रहार गरेका दीपेन्द्रले भारतीय ब्याट्सम्यान युवराज सिंहको १२ बलमा अर्धशतक बनाएको विश्व कीर्तिमान तोडेका हुन् ।

त्यसैगरी नेपाली कप्तान रोहित पौडेलले २७ बलमा ६१ रन बनाए भने कुशल भुर्तेलले १९ र आसिफ सेखले १६ रन बनाएर आउट भएका थिए ।

नेपालले अब एसियन गेम्समा आइतबार माल्दिभ्सविरुद्ध खेल्ने तालिका छ ।

तपाईको प्रतिक्रिया