Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – शेयर बजारमा आज सुधार देखिएको छ । नेप्से उकालो लागेसँगै कारोबार रकम पनि २ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १८.४५ अंकले बढेको छ । ०.९२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०२२.९१ अंकमा उक्लिएको छ । आज २८६ कम्पनीका ८७ लाख ४ हजार ४ सय ७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ३८ लाख ९ हजार ५ सय १८.५४ रुपियाँ बराबरको कारोबार भएको हो ।

मंगलबार नेप्से बढेसँगै १२ उपसूचकमा हरियाली छाएको छ । बजार उकालो लागेसँगै विभिन्न ६ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । मेन्छियाम हाइड्रो, मनकामना इन्जिनियरिङ, शुभम पावर, मोलुङ हाइड्रो, स्वाभिमान लघुवित्त र घलेम्दी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९, ९.९६, ९.९३ र ९.६३ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै हिमालयन लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.८७ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज एनआईसी एशिया बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ८ करोड ३४ लाख ६६ हजार २ सय २४.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । साताको पहिलो दिन आइतबार १९.४२ अंकले बजार घट्दा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २ सय ६.९९ रुपियाँ र हिजो सोमबार ५.८९ अंकले बजार घट्दा १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४ सय ७१.७८ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।

तपाईको प्रतिक्रिया