Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाबाट गरिब होइन नभई गरिबी लखेट्नु पर्ने बताएका छन् । मंगलबार काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले ८ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिरहेका अभियन्ता ईःलाई भेटेपछि एमाले अध्यक्ष ओलीले महानगरबाट गरिब नभई गरिबी लखेट्नु पर्ने बताएका हुन् ।

अभियन्ता ईः काठमाडौं महानगरले चुनावी बाचा विपरीत वैकल्पिक व्यवस्था बिनै फुटपाथ व्यवसायीलाई हटाएको विरोध राष्ट्रिय सभागृह अगाडि उभिएर रहेका छन् । लगातार ८ दिनदेखि उभिरहेका ईःका खुट्टा सुन्निएका छन् ।

ईःलाई उपमेयर डंगोलले भेटेपछि अध्यक्ष ओलीले वार्ताबाट समाधान खोज्ने संकेत भएको बताएका छन् । ’उपमेयरले भेट्नु भएको भन्ने सुनेँ । यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ । दुवै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधान निकाल्नुहोस्,’ उनले भनेका छन् । अध्यक्ष ओलीले परम्परादेखि फुटपाथमा रोजीरोटीका लागि गुजरा व्यापार गरिरहेका मानिसहरूको व्यवस्थापन कसरी गर्ने प्रश्न अगाडि रहेको बताए ।

’फुटपाथ हिँड्नकै लागि हो । पैदल यात्री सहज रूपमा हिँडुन् भनेर नै फुटपाथ बनाइएको हो । यसमा कसैको दुई मत छैन होला, मेरो पनि छैन । कुरा परम्परादेखि फुटपाथमा रोजीरोटीका लागि गुजरा व्यापार गरिरहनुभएका मानिसहरूको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो,’ ओलीले भनेका छन्, ‘फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो । असन, इन्द्रचोक, भोटाहिटीतिर ५०औँ वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौँ । पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ ।’

अध्यक्ष ओलीले परम्परागत रूपमा चल्दै आएको कुरालाई एक्कासी परिवर्तन गर्न खोज्दा केही खल्बली हुनु स्वाभाविक र वैज्ञानिक पनि भएको बताएका छन् । ‘उपमेयरले भेट्नु भएको भन्ने सुनेँ । यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ । दुवै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधान निकाल्नुहोस्,’ उनले भनेका छन्, ‘हामीले महनगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन ।’

तपाईको प्रतिक्रिया