Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – सुरक्षाको माग गर्दै सडकमा उत्रिएका डाक्टरको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । टिचिङ अस्पताल, महाराजगञ्ज, वीर अस्पताल लगायत काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु आज बिहानदेखि माइतीघरमा भेला भएर नयाँ वानेश्वरतर्फ आउने क्रममा बबरमहलको मुख्य सडकमा निस्किन खोज्दा प्रहरीले उनीहरुको र्यालीमा हस्तक्षेप गरेको हो । त्यसक्रममा चिकित्सक तथा प्रहरीबीच ठेलमठेल भएको छ । प्रहरीसँगको घम्साघम्सीमा केही चिकित्सक घाइते भएका छन् ।

चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएको भन्दै उनीहरू माइतीघरमा भेला भएर विरोध प्रदर्शन गर्दै नयाँ वानेश्वरतर्फ अघि बढिरहेका छन् ।स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयन गर्नुपर्ने माग गर्दै रेजिडेन्ट एसोसिएसन आफ न्याम्सलगायत प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले जेल विथ आउट वेल लागू गर, चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर, स्वास्थ्यमन्त्री राजीनामा दे, गृहमन्त्री राजीनामा दे, डाक्टर एकता जिन्दावाद लगाएका नारा लगाएतका छन् ।उपचारका क्रममा चिकित्सकहरु कुटिनु दुःखद भएको भन्दै आफ्नो सुरक्षाको ग्यारेन्टीका साथै माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरूको अडान छ । पोखराको मणिपाल अस्पताल, हेटौंडा, लमजुङलगायतका स्थानमा कार्यरत आफ्ना सहकर्मीमाथि हातपात भएपछि चिकित्सकहरु सडकमा आएका हुन् ।

 

तपाईको प्रतिक्रिया