बिहिबार, मंसिर २१, २०८०
Thursday, December 7, 2023

टोकियो – कोठामा मृत भेटिएकी रोल्पाकी २० वर्षीया मिङ्कल सुनारको जापानमै अन्त्येष्टि गरिएको छ । टोकियोको एउटा जापानीज भाषा स्कुलमा अध्ययन गर्दै आएकी उनी गत २७ तारिखका दिन आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

घटनाको खबर पाएलगतै एनआरएनए जापान, रोल्पा समाज जापान र उनी अध्ययनरत भाषा स्कुलको सक्रियतामा खोजखबर गरी नेपालका आफ्नो परिवारलाई खबर गरिएको थियो । उनको निधन झन्डै एक महिनाअघि भएपनि उनको परिवार शव बुझ्न जापनमै आउने प्रक्रियाले गर्दा अहिलेसम्म ढिला भएको थियो । मृतकका बुबा जापान आएलगतै दाह संस्कारका दुई दिनअघि एक घण्टा श्रद्धाञ्जली कार्यक्रम राखी आइतबार स्थानीय समय दिउसो ३ बजे अन्तिम दाह संस्कार गरी अस्तु मृतकका अभिभावक बाल कुमार सुनारले पाइसकेका छन् ।

रोल्पा समाज जापानका कार्यवाहक अध्यक्ष प्रेमप्रकाश रोका मगरको संयोजकत्वमा जापानमा रहेका विभिन्न संघ संस्थाहरूको सहकार्यमा यो कार्य सम्पन्न गरिएको हो । विशेष सहयोग र सहजीकरण गर्ने एनआरएनए जापानका अध्यक्ष नबिन नेउरेलगायत प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिइएको छ । यस कार्यमा आर्थिक सहयोगको लागी रोल्पा समाज जापानले जापानमा रहेका संघसस्था तथा नेपाली समुदायलाई अपिल गरेको थियो ।

रोल्पा समाजले संस्थासँग हातेमालो गरी आर्थिक सहयोग गरिदिने राप्ती समाज जापान, ग्लोबल फोरम जापानका अध्यक्ष धनराज विश्वकर्मा, रुकुमेली समाज जापान, एनआरएनए जापान, एनआरएनए कान्तो, Panauti FC,Diamond Narita, नेपाल मगर संघ जापान, तमुधी जापान, ED Mirai Company, नविन थापा मगरलगायत अभियानमा सहभागी अभियन्ता तथा विभिन्न संघसस्था र सहयोगी दाताहरूमा धन्यवाद लिएको छ ।

सुनारको परिकारका लागि रोल्पा समाज जापान संस्थागत अभियान ३,४२,५३५ येन, रोल्पा समाज जापानको अभियान९विभिन्न संघसस्था तथा बुद्धिजीवी २,१५,००० येन, राप्ती समाज जापान८८,००६ येन, ग्लोबल फोरम जापान (अध्यक्ष- धनराज विश्वकर्मा) १,०६,५०० येन, नवीन थापा मगर संयोजकत्वमा ४९,००० येन गरी सहयोग रकम ८,०१,०४१ येन सहयोग संकलन भएको थियो । जसमा खर्च भएको ३,५६,३३० येन कटाए र  ४,४४,७११ येन परिवारलाई हस्तान्तरण गरिएको छ । बचत रकम मृतकका अभिभावक बालकुमार सुनारलाई बुझाइएको हो ।

तपाईको प्रतिक्रिया