Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – काठमाडौंबाट सुर्खेतका लागि छुटेको यात्रुवाहक बस दाङमा दुर्घटना भएको छ । जिल्लाको पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ, लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना भएको हो ।दुर्घटनामा २५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कर्णाली प्रदेश ०२–००१ ख ०३६२ नम्बरको बस मंगलबार बिहान दुर्घटना भएको हो । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए । बसमा ४५ जना यात्रु सवार थिए । दुर्घटनाको पूर्ण विवरण भने आउन बाँकी नै छ ।

 

तपाईको प्रतिक्रिया