Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – हाङझाउ एसियाली खेलकुदअन्तर्गत महिला फुटबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ। लगातार दोस्रो खेलमा पराजित हुने क्रममा नेपालले सोमबार जापानसँग ८-० गोलको हार ब्यहोर्‍यो।जापानले नेपालमाथि पहिलो हाफमै ५ गोल गरेको थियो भने दोस्रो हाफमा ३ गोल थपेको थियो। केही महिनाअघि फिफा विश्वकप खेलेको जापानका लागि ओसावाले ७६ र ३६ मिनेटमा गरी दुई गोल गरिन्।

यस्तै शिकोसी, योमामोतो, युइनो, वाकासाकी, सकाकिबारा र हिजिकाताले एक एक गोल गर्न सफल भए। यसअघि समूहको पहिलो खेलमा नेपाललाई भियतनामले २-० गोलले हराएको थियो। अब नेपालले समूहको अन्तिम खेलमा बंगालदेशसँग खेल्नेछ। अन्तिम आठमा पुग्ने सम्भावना सकिएसँगै सो खेल अब औपचारिकतामै सीमित हुनेछ।

 

तपाईको प्रतिक्रिया