Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – १९औँ एसियाली खेलकुदअन्तर्गत महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने भएको छ । नेपाल र जापानबीचको खेल आज साँझ सवा ५ बजे शुरू हुने छ । महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेल्न लागेको हो । यसअघि समूह चरणको चरणको पहिलो खेलमा शुक्रबार नेपालले भियतनामसित हार बेहोरेको थियो । नेपाल भियतनामसित २–० गोल अन्तरले पराजित भएको हो ।

जापानले भने पहिलो खेलमा बंगलादेशलाई ८–० गोलअन्तरले पराजित गरेको थियो । समूह डी मा रहेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ। समूहमा जापान शीर्ष स्थानमा रहेको छ । यस्तै भियतनाम दोस्रो स्थानमा तथा बंगलादेश अंक तालिकाको पुछारमा रहेको छ। नेपालले समूह चरणको अन्तिम खेल असोज ११ गते बंगलादेशसित खेल्ने छ ।

तपाईको प्रतिक्रिया