Deneme Bonusu Veren Siteler
आइतबार, चैत्र ०२, २०८१
Sunday, March 16, 2025

टोकियो – हाल विश्वभर करीब १० करोड मानिस घरबारविहीन (होमलेस) रहेको अनुमान गरिएको छ भने त्यति नै संख्यामा घरहरू खाली छन् । विश्वमा सबैभन्दा बढी खाली घर भएको र सबैभन्दा थोरै होमेलेस भएको देश जापान हो । जापानमा ८ लाख ४६ हजार खाली घर छन् र मात्र तीन हजार ४ सय ४८ होमेलेस छन् । धेरै खाली घर भएका संसारका शीर्ष १० देशहरू जापान पछि साइप्रस, हंग्रेरी, अमेरिका, ब्राजिल, फिनल्याण्ड, चिले, स्लोभेनिया र अष्ट्रेलिया हुन् । गाउँको जनसंख्या सहरतर्फ बसाई सर्नु नेपाल र जापानको मात्र नभएर संसारभरका अधिकांश देशको समस्या हो । अवसर खोज्दै मानिसहरु सहर पसेपछि त्यहाँको जनसंख्या बाक्लिएको छ भने जापान सहित प्रायः सबै देशको ग्रामिण क्षेत्र खाली हुँदैछन् ।

यसबाहेक जापान जस्ता जन्मदर कम भएका देशमा, जनसंख्या नै कम भएकोले पनि गाउँका मात्र नभई राजधानीका समेत बनाइएका पुराना घर खाली रहने गरेको छ । भएका घरहरु धमाधम खाली हुँदै गएका छन् भने घर निर्माण कार्य पनि कम भएको छ । पछिल्लो सरकारी तथ्याङ्क अनुसार जापानमा ६ करोड १० लाख घर छन् । र कुल घरमध्ये १३ दशमलव ६ प्रतिशत सम्पत्ति ‘आकिया’ (खाली भएका घर) को रुपमा दर्ता भएको छ । केहि समयदेखि त्यस्ता खाली घर जापान सरकारका लागि टाउको दुखाईको विषय भएका छन् ।

जापानको तथ्याङ्क विभागका अनुसार जापानमा खाली घरको संख्या आगामी दिनमा अझ बढ्दै जानेछ । विभागका अनुसार घट्दो दरमा रहेको जापानको जनसंख्याका कारण सन् २०२३ को अन्त्यसम्ममा यहाँका खालीघरको संख्या बढेर १० लाखसम्म पुग्न सक्छ । घट्दो जनसंख्याका कारण सन् २०४० सम्ममा जापानका ९ सयभन्दा बढी गाउँ तथा साना सहरको अस्तित्व नै मेटिने आशंका गरिएको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया