Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले गरेको एक सर्बेक्षणबाट जापानमा अहिले तीन हजार ४ सय ४८ जना घरवारविहिन (होमलेस) हरु रहेको थाहा लागेको छ । जसमध्ये तीन हजार १ सय ८७ जना पुरुष र १ सय ६२ जना महिला रहेका छन् ।

होमलेस मध्ये केहि विभिन्न पुलमुनि, कार्डबोर्डको बक्सामा, पार्क र खोला किनारमा पाल टाँगेर बस्ने गर्छन् । त्यस्तै धेरैजसो भने नेट क्याफेका शरणार्थी हुन् । जापानको राजधानी टोकियो र ओसाका विश्वमै विकसित र धनी सहरको रूपमा चिनिन्छ । तर पनि तथ्याङ्कअनुसार टोकियोमा ७ सय ७० र ओसाकामा ९ सय ६६ घरबारविहीन (होमलेस) मानिस बस्दछन् ।

जापानका होमलेसहरु मध्ये धेरैले सन् २००८ को आर्थिक मन्दीको समयमा रोजगार गुमाएको र ५० बर्ष उमेर समुहकाहरुले भने उमेरको कारण काम पाउन गारो भएको सर्बेक्षणको क्रममा बताएका छन् । विश्वका अन्य देशसंग तुलना गर्ने हो भने चाँही जापानमा रहेको होमलेसको संख्या ज्यादै थोरै हो । विश्वभरमा करीब १५ करोड मानिस घरबारविहीन रहेको अनुमान गरिएको छ ।***

तपाईको प्रतिक्रिया