Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – लाखौं नागरिक ओहरदोहर गर्ने दशैंकै बेला सरकारले सार्वजनिक यातायातको भाडा बढाउने भएको छ । यातायात व्यवसायीले गत चैतमै हुनुपर्ने भाडा समायोजन नभए दशैं लगायत चाडपर्वका लागि अग्रिम टिकट नै नखुलाउने अडान लिएको भन्दै सरकारले गाडीभाडा बढाउन लागेको हो ।सार्वजनिक यातायात भनिए पनि नेपालमा यो निजी क्षेत्रको नियन्त्रणमा छ । भाडा बढाउने औपचारिकता भने सरकारले पूरा गर्ने गरेको छ । सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार यातायात भाडा पनि समायोजन गर्दै आएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यही साउन १ गते सार्वजनिक यातायातको भाडा २.१३ प्रतिशतले घटाएको थियो । तर, यातायात व्यवसायीहरूले भने गत चैतमै समायोजन गर्नुपर्ने भाडाबारे सरकारले निर्णय नगर्दा समस्या भएको दाबी गरेका छन् ।‘भाडा समायोजन र सडक पूर्वाधार मर्मत गर्नुपर्ने हाम्रो मुख्य माग हो,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने, ‘गत शुक्रबार विभागीय मन्त्रीको अध्यक्षतामा बसेको बैठकले यातायात विभागका महानिर्देशकको नेतृत्वमा यी जिम्मेवारी पूरा गर्नेगरी समिति बनाएको छ, हेरौं के हुन्छ ।’

दशैंका बेला काठमाडौं उपत्यकाबाट कम्तिमा २० लाख मानिस चाड मनाउन सार्वजनिक यातायात चढेर आफ्नो घर जाने गर्छन् । चाडवाड सकिएपछि काठमाडौं फर्कन उत्तिकै संख्यामा नागरिकले सार्वजनिक यातायात प्रयोग गर्ने गर्छन् । तर, गत साउनमा भाडा घट्दा मौन बसेका यातायात व्यवसायीले दशैंको छेकोमा भाडा बढाउनुपर्ने माग राखेका हुन् । साउनको तुलनामा अहिले पेट्रोलियम पदार्थको मूल्य पनि केही बढेको छ ।

अघिल्ला वर्षहरूमा यातायात व्यवसायीहरूले सामान्यतयाः एक महिना अघि नै चाडपर्व लक्षित गरी अग्रिम टिकट खुलाउने गर्थे । तर, पछिल्ला वर्षहरूमा भने धेरै यात्रु आवागमन गर्ने चाडपर्वकै बेलामा यातायात व्यवसायीहरूले भाडा बढाउन सक्दो प्रयास गर्ने गरेका छन् । सरकारले पनि धेरै यात्रु आवागमन गर्ने समयमै भाडा बढाएर नागरिकलाई थप सास्ती दिने गरेको छ ।

 

तपाईको प्रतिक्रिया