Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई जुनसुकै तरिकाले भए पनि हटाउनुपर्ने बताएका छन्। ओखलढुंगामा आइतबार गुरू लुइँटेल स्मृति पार्क उद्घाटन गर्दै अध्यक्ष ओलीले यो सरकारले जनतालाई नहेरेको बताए।‘अहिलेको सरकार बसिरहन हुन्छ? तपाईंहरू भन्नुस् त, यस्तो सरकार राख्न हुन्छ?,’ ओलीले प्रश्न गरे, ‘तपाईं-हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि यसलाई टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो । यति नालायक जनता हेर्दैन, सुनतिर हेर्छ,’ ओलीले भने । सरकारले जनता नहेरेर सुन मात्र हेरिरहेको ओलीले आरोप लगाएका छन् ।

ओलीले भनेका छन् ” ब्रेक शुदेखि इलेक्ट्रिक भेपसम्ममा सुन आइरहेको छ ।बुढाबुढीले आशीर्वाद दिनुहुन्थ्यो- माटो छुँदा अन्नै होस्। ढुंगा छुँदा द्रव्य होस् भनेर अहिले त जे छोयो त्यही सुन,’ उनले भने, ‘माओवादी नेतृत्वको सरकार। क्रान्तिकारी र परिवर्तनकारी सरकार। कस्तो, भ्रष्टाचारी र तस्करी।’

देशमा हिंसा भड्काउने प्रयास भइरहे पनि सरकार हेरेर बसेको उनको आरोप छ। अहिलेको सरकारले नौ महिनामा केही काम नगरेको ओलीको आरोप छ। ‘यो सरकारले नौ महिनामा एउटा सिन्को पनि भाँचेन,’ उनले भने, ‘एउटा कानुन बनेको छैन संसदबाट।’

सुन तस्करी रोक्न एमालेले संसदबाट माग गरे पनि त्यसबेला संसद अवरोध गरेर कानुन बनाउन नदिएको भन्ने हल्ला चलाइएको उनको भनाइ थियो। प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीन भ्रमणमा जाँदा संसद रोकिएको उनको भनाइ छ।

 

तपाईको प्रतिक्रिया