Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकले गाईको चित्र अंकित चाँदीका सिक्का ल्याएको छ । ९९९ शुद्धताको चाँदीबाट बनाइएको यो सिक्का १० र २५ ग्रामका छन् । १० ग्राम सिक्काको मूल्य एक हजार ६ सय रूपैयाँ र २५ ग्राम पर्ने सिक्काको मूल्य चार हजार रूपैयाँ तोकिएको छ ।

बबरमहलस्थित टक्सार महाशाखामा आयोजित संक्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले यी उक्त सिक्का सार्वजनिक गरेका छन् । यी चलनचल्तिका नभई मेडालियन सिक्का हुन् । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । दसैं तिहार जस्ता चाडपर्वमा यस्तो सिक्काको माग धेरै हुन्छ ।

सर्वसाधारणबाट हुने सिक्काको मागको आधारमा यसको टकमरीलाई निरन्तरता दिइने राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । राष्ट्र बैंक सञ्चालक समितिको २०८० जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो ।

तपाईको प्रतिक्रिया