Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – चीनमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । यद्यपि, उक्त टोलीमा नेपालका स्टार स्पिनर सन्दीप लामिछाने भने अटाएका छैनन् ।नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले उनीहरुको बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा नव-निर्वाचित क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले टोलीलाई बिदाइ गर्दै शुभकामना दिए ।यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्ने नेपालले समूह चरण पार गरेमा भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धाको अवसर हुनेछ ।

नेपाली टोलीमा रोहित पौडेल, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्सन झा, विनोद भण्डारी, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी र अविनाश बोहरा छन् । ललित राजबंशीले भने चोटका कारण एसियाड गुमाएका छन् ।यसैबीच, नावालिग बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेको खेल भविष्य अझै टुंगो लागेको छैन । यद्यपि, क्रिकेटर लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार) को मुद्दाको पेसी भने आजका लागि तोकिएको छ ।

 

तपाईको प्रतिक्रिया