शुक्रबार, आषाढ ०७, २०८१
Friday, June 21, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – अमेरिकाको जर्जियाको राजधानी एटलान्टास्थित एक सपिङ मलमा गोलीबारी भएको छ । सो घटनामा परी एक किशोरसहित तीन जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शनिवार दिउँसो १ः३० बजे दक्षिण पश्चिम एटलान्टाको इभान्स स्ट्रिटमा एक व्यक्तिलाई गोली प्रहार गरिएको बताइएको छ । त्यसपछि अधिकारीहरूलाई घटनास्थलमा बोलाइयो।

प्रारम्भिक अनुसन्धानका अनुसार तीन जना पीडित मध्ये एकले गोली चलाएको हो । पहिले उनले ती दुई जनालाई भेटेर फायरिङ गरे। उनीहरु मध्ये एकले पेस्तोल निकालेर जवाफी फायर गरेको प्रहरीले जनाएको छ ।

समाचार अनुसार तीनै जना पुरुष थिए। तीमध्ये एकको उमेर १७ वर्ष र अर्कोको उमेर २० वर्षको थियो भने तेस्रोको ३० वर्षको थियो । प्रहरीले अभियुक्तको परिचय भने खुलाएको छैन । समाचार अनुसार प्रहरीले गोली चलाउनुको कारणबारे अनुसन्धान गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया