बिहिबार, मंसिर २१, २०८०
Thursday, December 7, 2023

नमस्कार आज हजुरहरूसँग यो पालीको ५ हप्ते टोरोन्टो यात्राको अनुभव शेयर गर्न चाहन्छु ।

गएको जुलाई १८ तारिखदेखि अगस्टको २६ तारिखसम्म म क्यानडाको टोरोन्टोमा फेमिली भिजिटमा गएको थिएँ । जुलाई १८ तारिख साँझ ५ः४० को एअर क्यानडाको डाइरेक्ट फ्लाइटबाट, टोक्यो हानेदा एयरपोर्ट हुँदै म टोरोन्टोको लागि उडेँ । १२ घण्टा १० मिनेट लामो हवाई यात्राको उडान पश्चात् म टोरोन्टो सकुशल उत्रिएँ । क्यानडाको १८ रै तारिख दिउँसो १६ः४०मा टोरोन्टो अवतरण गरेँ ।एयरपोर्टमा छोरा लिन आइराखेको थियो । उसलाई भेटेपछि बल्ल मन ढुक्क भयो । त्यसपछि ट्याक्सी चढेर हामी उसको घर रोजर्स रोडतर्फ लाग्यौँ ।

घरमा बुहारी र छोरा/छोरी बेलुकाको खाना बनाएर कुरिराखेका थिए । भोलिपल्ट १२ बजेसम्म सुतेछु । १ बजे बुहारीले खाना पकाएर कोठैमा ल्याइदिइन् । खाना खाएर एकछिन् आराम गरेर साँझमा नुहाई धुवाई गरेर नजिकै रहेको पार्कसम्म घुम्न गयौँ, क्यानडाको गर्मीको वातावरण पनि मलाई भने अत्यन्त शीतल लाग्यो र शीतल वातावरण भएकोले तरकारी, साग सब्जी, फलफूल र अन्य खानेकुरा पनि अत्यन्त स्वादिष्ट लाग्यो । यो मेरो क्यानडाको दोस्रो अनुभव हो ।अब बल्ल सुरु भयो यात्रा र घुमाई
२० तारिख बिहान खाना खाएर बुहारी र म हाई पार्क गयौँ । छोराको अनलाइन काम थियो, ऊ घरैबाट काम सुरु गर्न थाल्यो । हाईपार्क जानलाई घरबाट ४१ नम्बरको बस चढेर किल स्टेशन पुगी रेल चढेर जानु पर्ने रहेछ । किल स्टेशनबाट ४ स्टप रेल चढ़ेपछि हाईपार्क पुगिन्छ । हाई पार्कमा ट्राम चढेर पूरै पार्क घुम्यौँ । केही फोटो र भिडियो खिची एक-दुई जना गोरा छालाहरूसँग भलाकुसारी गरी ‘टिम हटनको‘ चिसो कफी पिई घर फर्कियौँ र केही भिडिओ टिकटकमा पोस्ट गरी खाना खाएर सुत्यौँ । यो दिन एकदम रमाइलोसँग बित्यो ।जुलाई महिलाको २३ तारिख सधैँ जस्तो बिहानको ब्रेकफास्ट खाएर म छोरा र बुहारी पुरै टोरोन्ट सिटी हेर्न र विशेष गरी सि.एन. टावर (Canadian national tower) र हार्भर फ्रन्ट घुम्न निस्कियौँ । CN टावरको उचाइ ५५३.३ मिटर अग्लो छ तर अब्जरभेटरी एरिया १६९ तलामा छ । यो टावर चारै कोणहरूबाट पूरै टोरोन्टो सिटी अवलोकन गर्ने मुख्य आकर्षणको केन्द्रबिन्दु हो । यो पालीको मेरो क्यानडा भ्रमणको मुख्य उद्देश्य पनि सि. एन. टावर हेर्नु र नायगरा फल्स जानु नै थियो ।हामीले टोरोन्टो वान-डे पास किनेका थियौँ । एक जनाको १३.५० डलर पर्ने । यसमा टोरोन्टो सिटी गभर्मेन्टद्वारा सञ्चालित सबै पब्लिक यातायात जसमा बस रेल र स्ट्रिटकार पर्ने रहेछ । यो पासमा जुन स्टेसनबाट चढेर जुन ठाउँमा ओर्लिएर, जति चोटि पनि प्रयोग गर्न सकिने । त्यो दिन खूब स्ट्रीट कार चढियो, यसले आफूले बचपनमा चढेको ट्रलिबसको सम्झना दिलायो ।सेन्टर आइल्याण्डकाे यात्रा
जुलाई महिनाको २५ तारिख सोमबार घरमा बिहानको खाना खाएर सेन्टर आइल्याण्डतर्फ लाग्यौँ । छोरा अरुणले पनि काममा एक हप्ता छुट्टी लिएको थियो र सधैँ जस्तो बस, रेल र स्ट्रीटकार चढेर हार्बर फ्रन्टबाट फेरी चढेर हामी सेन्ट्रल आइल्याण्ड पुग्यौँ । साह्रै रमाइलो र थ्रिलिन्ग यात्रा थियो त्यो । छोरा-छोरीको पार्ट टाइम जब भएको हुनाले म छोरा र बुहारी मात्र गएका थियौँ ।२० मिनेटको फेरि यात्रापछि हामी सेन्ट्रल आइल्याण्ड पुग्यौँ र अलिकति चिया खाजा खाएर, सेन्ट्रल लेक वाचिन्ग डेस्कतर्फ लाग्यौँ। सेन्ट्रल आइल्याण्डमा हेर्न पर्ने मुख्य-मुख्य ठाउँहरू भनेको यही ताल हेर्ने सेन्ट्रल डेस्क दुईवटा फाउण्टेन  र ट्रामबाट पार्कको एक फन्को मार्नु नै हो । यो पार्क असाध्य ठूलो भएको हुनाले र सिजन पनि गृष्म भएको हुनाले साकलिंग गर्ने जवान केटाकेटीहरू धेरै हुँदा रहेछन् । सेन्ट्रल आइल्याण्डबाट CN tower पनि राम्रोसँग हेर्न सकिन्छ । यहाँ केही फोटोहरू छन् । त्यो दिन मात्र १४ हजार पाइला हिँडिएछ । एकदम थाकियो बेलुका ११ बजे मात्र घर पुगियो र उभर इट्सबाट खाना अर्डर गरी खाएर सुत्यौँ ।सेन्टर डेकबाट लेक राम्रोसँग हेरिसकेपछि अलि गर्मी भएकोले आइस क्रिम किनेर खाई ट्राममा पार्कको एक फन्को लगायौँ, एक जनाको १० डलर लिँदो रहेछ तर पैसाको भरपुर सदुपयोग हुने पूरा ३५ मिनेट घुमायो रमाइलो भयो । जुलाई ३० तारिखमा क्यानडामा भएका पौड्याल फेमिली र कजनहरूका साथमा गोएल्फ भन्ने ठाउँमा पिकनिक गयौँ । मलाई रोजर्स रोडबाट पिक अप र ड्प गर्ने जिम्मा दादाको थियो । यो पिकनिक पनि एउटा यादगार पल बनेर मानसपटलमा रहनेछ ।अगस्ट ४ र ५ बुहारी र म वरिपरिका सपिन्ग मल स्टोर र लोकल सपिंग गर्‍यौँ । ६ तारिखमा योर्क नर्थमा रहेको नेपाली किचेन रेस्टुरेन्टमा सपरिवार खाना खान गयौँ । बच्चाहरू असाध्य रमाए, मलाई पनि खुसी लाग्यो । अगस्ट आठ तारिख कजन बैनी रीनाको घरमा दुई दिन बस्ने गरी गएँ । ज्वाइँ दिनेश नेपाल लिन आइस्यो र भोलिपल्ट ब्लु माउन्टेन गयौँ । गन्डोला चढी तल ओर्लेर भिलेज घुम्यौँ, आइस क्रिम चिया कफी र टिम हर्टनस्को खाजा खाई घुमेर दिन बितायौँ र सात बजे त्यताबाट फर्की ब्रामटन मा भएको इन्डियन रेस्टोरेन्ट सिम्प्लि इन्डियामा डिनर खाई घर पुग्दा रातको साढे ११ बजेको थियो ।नायगरा फल्सको यात्रा
१० अगस्टको दिन, टोरोन्टोमा व्यवसाय र सरकारी जागिर खाएर बसिराख्नु भएको फुपूको छोरा दादा प्रदीप बाँस्कोटाको घरमा तीन दिन बस्तै गएँ । छोराको घरबाट दादाले पिक अप गरी फिन्च स्थित आफ्नो अपार्टमेन्टमा लगिस्यो । भाउजू पनि सरकारी अस्पतालमा इन्चार्ज नर्स भएकोले हामीलाई खाना रेडी गरी साँझको ड्युटी गर्न गइस्यो । बच्चाहरू, दादा र म खाना खाई वरपर अलिअलि ड्राइभिन्गमा गयौँ । दादाको अर्को दुइटा हाई राइज़ अपार्टमेन्ट र सेमि डिट्याच्ट अपार्टमेन्ट पनि हेरौँ र ११ बजे भाउजू आउने बेलामा घर फर्केर आयौँ । यो दिन पनि रमाइलोसँग बित्यो ।भोलिपल्ट रुकु दिज्जुको घरमा जाने प्रोग्राम थियो तर पानी परेकोले कार्यक्रम परिवर्तन गरी हामी हामिल्टन तर्फ लाग्यौँ । ह्यामिल्टनमा दादाको बेस्सो यानेकि सेकेन्ड हाउस रहेछ र उहाँका चिनजानका मान्छेहरू पनि ७ परिवार जम्मा भई नाचगान र बाँसुरी प्ले हेरी रातको खाना खाई सुत्यौँ । भोलिपल्ट १३ तारिख दादा म र अनिल भट्टराई भाइ नायगरा फल्सतर्फ लाग्यौँ दादाको गाडीमा । मैले आजसम्म देखेको सिनहरूमा सबै भन्दा मनमोहक दृश्य र स्वर्गकै एक टुक्रा जस्तो अनुभव गरेँ ।माथि दुईचार वटा फोटो खिची हामी फेरीमा चढेर नायगरा फल्स सफर गर्न गयौँ । दिएको रेनकोट लगाएर हामी पानीको फोहोरा भित्र करिब करिब पस्यौँ । यो नायगरा फल्सको यात्रा अति नै रोमाञ्चक रह्यो।बेलाबेलामा फोटो र भिडियो खिच्नमै मस्त म झन्डै मोबाइल नायगरा फल्स भित्र खसालेको १ अनिल भाइले बारम्बार दिज्यू मोबाइल खसालिस्ला है विचार गर्नु भन्दाभन्दै म फोटोहरू खिच्न यति तल्लीन म स्वर्गीय आनन्द अनुभव गरिराखेको थिएँ ।३५ मिनेट कसरी बित्यो पत्तै भएन १ यहाँबाट करिब दुई घण्टाको सफर सक्काएर हामी हामिल्टन फर्कियौँ र भोलिपल्ट फेरि टोरोन्टोमा भएको नेपाल डे फेस्टिभलमा सहभागी भई म टोरोन्टो छोरा बुहारीकोमा फर्किएँ ।दिनहरू बित्दै गए वरपर घुम्दै हार्वर फ्रन्ट, फेरि गइयो कासा लोमा फोर्ट, आर्ट ग्यालरी अफ अन्टारीयो र आगा अलि खान म्युजियम र क्विन्स पार्क, टोरोन्टो सिटी एसेम्बली भवन इत्यादि हेरि मेरो घर टोकियो फर्कने समय आयो ।

केही स्मरणीय तस्बिरहरू गृष्मा पौड्याल
टोक्यो जापान
२०२३/0९/२४
आइतबार

तपाईको प्रतिक्रिया