Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज ( आइतबार ) सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंमा सुनुवाइका लागि आइतबार सो मुद्दाको पेसी तोकिएको हो । गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दाको सुनुवाइ आजको लागि सारिएको थियो ।

२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २८ पटक पेसीमा चढिसकेको छ । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेको छ भने आजनै फैसला आउन सक्ने आँकलन गरिएको छ। मुद्दाकै कारण चीनमा भइरहेको एसियाली खेलकुदका लागि नेपाल टिममा परे पनि लामिछाने चीन नजाने भएका छन्।

तपाईको प्रतिक्रिया