Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ । राष्ट्रसंघीय महासभामा सहभागी भई न्युयोर्कबाट सिधै चीन प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच हाङझाउमा भेटवार्ता भएको हो। शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रचण्डले एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डसँगै परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीलगायत सहभागी छन्। चीन र नेपालको टोलीबीच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको छ ।

एक हप्ता चीनमा रहने प्रचण्ड हाङ्जाउबाट बेइजिङ गएर त्यहाँको प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया