Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – टोकियो जापानको राजनीतिक, आर्थिक तथा साँस्कृतिक गतिविधिको प्रमुख केन्द्र हुनुको साथसाथै विश्वको एक प्रमुख आर्थिक केन्द्र पनि हो । यो क्षेत्रफलको दृष्टिकोणबाट पनि विश्वको सबैभन्दा ठूलो नगरीय क्षेत्र हो ।

टोकियोलाई पहिले ’इडो’ भनिन्थ्यो, जसको जापानी अर्थ मुहान हो । सन् १८६८ मा यसलाई जापानको राजधानी बनाइयो र यसको नाम परिवर्तन गरेर ’टोकियो’ बनाइएको हो । सानो माछा मार्ने गाउँ ’इडो’ बाट विश्वकै एक विकसित सहर बन्नुमा यहाँको असाधारण पानी व्यवस्थापनलाई मानिन्छ । आधुनिक टोकियो पानीमाथि बनेको सहर हो । झलमल्ल बलेका भवन, पिच गरिएका सडक, चिटिक्क पारिएका फुटपाथ र करोडौ जनसंख्याको बासस्थान भएको टोकियो मुनि सय भन्दा बढी नदिहरु वैज्ञानिक तवरले दबिएका छन् । डेढसय वर्ष पहिले टोकियोलाई पानीको सहर भनेर चिनिन्थ्यो । यहाँ जलमार्ग, यातायातको प्रमुख माध्यम र साँस्कृतिक जीवनको महत्वपूर्ण भाग हुने गर्दथियो । टोकियोले आधुनिकीकरण गरेसँगै पानीको भूमिका हराएको छ ।

अहिले १०० भन्दा बढी प्राकृतिक नदी र मानव निर्मित नहरहरू सहर मुनि बग्छन् । टोकियोलाई सहरीकरण गर्न यहाँका कैयौं साना खोलाहरू त भरिएका छन्, राजमार्गहरू सिधै नदी माथि बनाइएका छन् । हामी दैनिक कुनै न कुनै नदि माथि नै हिडिरहेको वा गुडिरहेको हुन सक्छौ । नदि, खोलाहरु यसरी व्यवस्थित तरिकाले भूमिगत गरिएको छ कि जमिनबाट हाम्रा खुट्टा मुनि खोला बगिरहेको छ भन्ने कुरा याद गर्न गाह्रो छ ।

यथार्थमा टोकियो बिर्सिएका नदी, प्रायः नदेखिने खोला र उपेक्षित नहरहरूको नेटवर्क हो । टोकियो तिनीहरू बिना यस्तो भब्य सहर हुने थिएन । टोकियोमा अहिले सजिलै देख्न सकिने र प्रयोगमा आएका भनेका चार ठूला नदि आराकावा, सुमिदागावा, इदोगावा र तामागावा मात्र हुन् ।

तपाईको प्रतिक्रिया