टोकियो – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विदेश संगठन प्रवासी नेपाली एकता समाज (पानस)जापानको अध्यक्षमा नविन चन्द चयन भएका छन् । मंगलबार सम्पन्न साधारण सभाले अध्यक्षतामा कार्यसमिति चयन गरिएको हो ।
राप्रपाका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेल प्रमुख आतिथ्यमा र राप्रपाका नेता एवं पूर्व केन्द्रीय सदस्य कलेन्द्र विक्रम शाहीको अध्यक्षतामा भएको साधारण सभाले वरिष्ठ उपाध्यक्षमा लक्ष्मण ढकाल, उपाध्यक्ष (प्रवक्ता)मा उज्ज्वल गुरागाईँलाई चयन गरेको छ ।
समाजको उपाध्यक्षमा उमा खड्का, महासचिवमा सुवर्ण भट्ट, सचिवमा विशालविक्रम शाही, कोषाध्यक्षमा सन्दिपा सेढाई र सहकोषाध्यक्षमा दीपक दाहाल चुनिएका छन् ।सदस्यहरूमा भरत बम, वसन्त लामा, सन्तोष थापा, सरु पाण्डे, सरिता पुरकोटी, उत्तम जोशी, ललित ऐर, निराजन मल्ल, अग्नीमा शाही र जयबहादुर खड्का चयन भएको समाजले जनाएको छ ।
नबिन राप्रपाको अवधारणालाई जापानभर प्रचार प्रसार तथा क्षेत्रीय समितिहरूसमेत गठन गर्नका लागि पानस आइसीसीका केन्द्रीय उपाध्यक्ष रघुदिप खड्कालाई जिम्मेवारी तोकिएको छ ।
तपाईको प्रतिक्रिया