Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी उपाध्यक्षमा जापानबाट रोबिन्दप्रसाद श्रेष्ठ ‘गोविन्द’ले उम्मेदवारी दिने भएका छन् । नेपालमा लगानी वृद्धि, सम्पत्ति सुरक्षा, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी तथा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनमा आवश्यक नेतृत्वदायी भूमिका निर्वाह गर्ने ११ बुँदे योजनासहित श्रेष्ठले आइसीसी उपाध्यक्षमा उम्मेदवारी दिने भएका हुन् ।

वर्तमान आइसीसीमासमेत उपाध्यक्ष रहेका श्रेष्ठले अग्रज र समकालीन अभियन्ता सबैको साथ, सल्लाह र परामर्शमा पुन सोही पदमा एकता, सहमति र सहकार्यमा कार्य गरी एनआरएनएको गुमेको प्रतिष्ठालाई पुनर्स्थापित गराउनको लागि उम्मेदवारी दिएको बताए । प्रवासमा सिकेको ज्ञान, सिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा नेपालको आर्थिक सम्बृद्धिका लागि प्रयोग गर्ने योजना र कार्यक्रम कार्यान्वयनको लागि आफ्नो उम्मेदवारी भएको श्रेष्ठको भनाई छ ।

आफ्ना एजेण्डा सार्वजनिक गर्दै भने, ‘वैदेशिक रोजगारमा आएका नेपाली श्रमिकका समस्याहरू नीतिगत रूपमा सम्बोधन गर्न सरकारी निकायसँग नियमित समन्वयमा कार्य गर्ने संयन्त्रको विकास गरी बिचौलिया प्रवृत्तिको अन्त्यमा आवश्यक पहल गर्नेछु । वैदेशिक रोजगारमा आएका नेपाली श्रमिकका समस्याहरू नीतिगत रूपमा सम्बोधन गर्न सरोकारवाला पक्षसँग समन्वय गरी ठोस निष्कर्ष निकाल्न मेरो प्रयत्न हुनेछ ।’

वैदेशिक रोजगारीमा जानुपूर्व नै श्रमिकलाई सीपयुक्त बनाउने अभियानलाई कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय श्रम बजारमा दक्ष नेपाली कामदार उत्पादन र श्रम बिक्रीका लागि पहल गर्न आफूले जोड दिने र सोही खालका कार्यक्रम बनाएर कार्यान्वयन गर्ने उनको भनाई छ । नेपालबाट वैदेशिक रोज़गारीसंगै प्रवासमा दोस्रो पुस्ताको जनसंख्या पनि ह्वात्तै बढेकोले यो पुस्तालाई नेपालसँग जोड्नका निम्ति नेपाली मौलिक संस्कृति रीतिरिवाज परम्परालाई उत्सवका रूपमा मनाइने क्यालेन्डरसहितको कार्यक्रम बनाई कार्यान्वयन गर्न आफू लागि पर्ने उनले बताए ।

सन् २००३ मा एनआरएनए स्थापना भएको २ वर्ष पश्चात् अर्थात् सन् २००५ देखि हालसम्म निरन्तर अहोरात्र रूपमा एनआरएनएको अभियानमा लागेका उपाध्यक्षका उम्मेदवार श्रेष्ठ एनआरएनए जापानको सदस्य हुँदै उपाध्यक्ष, आइसीसी सदस्य, एसिया प्यासिफ़िक उप संयोजक, एसिया प्यासिफ़िक संयोजक र हाल आइसीसी उपाध्यक्षको रूपमा जिम्मेवारी र भूमिका निर्वाह गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया