Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सल्यानमा आधा शरीर जलेको अवस्थामा शव फेला परेको छ । शव एउटै घरका आमाछोरीको भएको प्रहरीको भनाइ छ ।

हत्यामा संलग्न भएको स्वीकार गरेका सिद्धकुमाख-२ खानिगाउँका २८ वर्षीय कर्णबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भएका बस्नेतलाई सार्वजनिक गरेको हो । भदौ ३० गते बिहान त्रिवेणी गाउँपालिका-२ मा ३२ वर्षीय रेवती थापा र उनीका ९ महिनाकी छोरी ऋतुको शव फेला परेको थियो ।

अनुसन्धानका क्रममा उनीहरूको हत्या भएको पुष्टि भएको हो । आमाछोरीको हत्यागरी आरोपीले प्रमाण लुकाउन कोठामा आगो लागेर मृत्यु भएको देखाउन आगजनी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख नवीन कार्कीले बताए ।

उनका अनुसार गत शनिबार मृत भेटिएका रेवतीसँग सात वर्षअघि प्रेममा परेर शारीरिक सम्बन्धसम्म पुगेको र आफू विदेशमा रहेका बेला रेवतीले अर्कैसँग विवाह गरेपछि त्यसैको रिसिवीस्वरुप हत्या गरेको बस्नेतले बताएका छन् । विदेशबाट २६ गते नेपाल फर्किएलगत्तै २९ गते हत्या गरेको प्रहरीको भनाइ छ ।

घटना शङ्कास्पद देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि यसमा सहयोग गरिरहेको थियो । आमाछोरी उक्त घरमा बस्दैआएका थिए । रेवतीका श्रीमान् शुकबहादुर थापा रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा थिए । श्रीमती र छोरीको हत्याको खबरपछि उनी घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया