Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – एसियाली टोली जापानसँग पराजित भएसँगै अर्का एक प्रशिक्षकले आफ्नो जागिर गुमाउन परेको छ । गत भदौमा जापानसँग मैत्रीपूर्ण खेलमा ४–१ को लज्जास्पद हार बेहोरेपछि जर्मनीले हान्सी फ्लीकलाई म्यानेजर पदबाट निकालेको थियो । अहिले जापानसँग पराजित भएको टर्कीले आफ्नो म्यानेजरलाई बर्खास्त गरेको हो ।

टर्की हालै जापानसँग ४–२ गोलले पराजित भएको थियो । पराजयसँगै टर्कीले टिम म्यानेजर स्टेफान कुन्ट्जलाई हटाएको जानकारी दिएको छ । स्टेफान गत दुई वर्षदेखि टर्कीको टोलीसँग आबद्ध थिए ।

जर्मनीका पूर्व स्ट्राइकर ६० वर्षीय स्टेफान सन् २०२१ को सेप्टेम्बरमा टर्कीको म्यानेजर नियुक्त भएका थिए । उनले यसअघि जर्मनीको अन्डर २१ टोलीलाई सन् २०१७ र २०२१ मा युरोपियन च्याम्यिनसीपको उपाधि दिलाएका थिए ।

उनको नेतृत्वमा टर्कीले २० मध्ये १२ खेल जिते पनि गत वर्ष कतारमा आयोजना भएको विश्वकपमा छनोट हुन असफल भएको थियो । सन् २००२ मा जापान र कोरियामा आयोजित विश्वकपमा तेस्रो स्थान हासिल गरे यता टोली प्रतियोगितामा छनोट हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया