Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – वैदेशिक रोजगार विभागले पौने चार करोड ठगेको अभियोगमा सिनामंगलस्थित ‘विस एचआर सोलुसन’ को लाइसेन्स खारेज गरेको छ । उक्त कम्पनीले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ४३ जनाबाट पौने ४ करोड ठगी गरेको भेटिएपछि विभागले कारोबार लाइसेन्स खारेज गरेको हो ।

उक्त मेनपावरले पोल्यान्ड, क्रोएसिया, जापान, कतार तथा अमेरिका पठाइदिने भन्दै ४३ जनाबाट ३ करोड ८२ लाख २८ हजार ४९८ ठगी गरेको थियो । उक्त रकम लिई वैदेशिक रोजगारीमा नपठाएको र रकमसमेत फिर्ता नगरेको पाइएपछि विभागले लाइसेन्स खारेज गरेको हो ।

विभागले लाइसेन्स खारेज गर्दै वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गर्नुका साथै उक्त रकम बिगो र सोको ५० प्रतिशतले हुन आउने हर्जानासमेत ‘विस एचआर सोलुसन’बाटै असुल्न न्यायाधिकरणमा अभियोगपत्र दायर गरिएको विभागले जनाएको छ ।

म्यानपावर सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फणीन्द्र कोइरालाविरुद्ध मुद्दा दायर गरिएको विभागका महानिर्देशक मदन दाहालले बताए ।

तपाईको प्रतिक्रिया