Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – चीनमा जारी भइरहेको १९औं एसियाली खेलकुदको टेबलटेनिसतर्फ पुरुष टिमको स्पर्धामा शुक्रबार नेपाल पराजित भएको छ । समूह ‘बी’ अन्तर्गत प्रारम्भिक चरणको खेलमा जापानसंग नेपाल ३—० ले पराजित भएको हो । पहिलो खेलमा जापानका तोमोकाजु हारिमोतोले नेपालका रुविन महर्जनलाई ३—१ सेटले हराए । उक्त खेलमा जापानका हारिमोतो ६—११, ११—२, ११—३ र ११—५ ले विजयी भएका छन् । अर्को खेलमा जापानका माहरु योसिमुराले नेपालका संयोग कपालीलाई ३—० सेटले हराए । उक्त खेलमा जापानी खेलाडी योसिमुरा ११—७, ११—३ र ११—७ अंकले विजयी भए ।

यसैगरी तेस्रो खेलमा जापानका सुनसुके तोगामीले नेपालका विलास श्रेष्ठलाई ३—० सेटले पराजित गरेका थिए । उक्त खेलमा जापानी खेलाडी ११—६, ११—३ र ११—३ अंकले विजयी भएका थिए । यसअघि शुक्रबार नै टेबलटेनिसको महिला टिम स्पर्धामा नेपाल पराजित भएको थियो । महिला टिम स्पर्धाको प्रारम्भिक चरणको खेलमा सिंगापुरले नेपाललाई ३—० ले हराएको थियो । समूह ‘एफ’ को प्रारम्भिक चरणको खेलमा नेपालले लगातार तीनवटा खेलमा पराजय भोगेको थियो ।पहिलो खेलमा नेपालकी नविता श्रेष्ठ सिंगापुरकी झु जिङ्यीसँग ०—३ सेटले पराजित भएकी थिइन् । सिंगापुरकी खेलाडीले नवितालाई ११—४, ११—३ र ११—४ अंकले पराजित गरेकी थिइन् । दोस्रो खेलमा नेपालकी सिक्का सुवाल पनि सिंगापुरकी प्रतिद्वन्द्वीसँग ०—३ सेटले नै पराजित भएकी थिइन् । सिंगापुरकी जिन जेङले नेपालकी सिक्कालाई ११—२, ११—१ र ११—४ अंकले हराएकी थिइन् ।

यसैगरी तेस्रो खेलमा नेपालकी इभाना थापामगर पनि सिंगापुरकी प्रतिद्वन्द्वीसँग ०—३ सेटले पराजित भएकी थिइन् । सिंगापुरकी रु झिन वङले नेपालकी इभानालाई ११—३, ११—७ र ११—४ अंकले पराजित गरेकी थिइन् । एसियाली खेलकुदमा नेपालको पुरुष भलिबल टोली भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।

तपाईको प्रतिक्रिया