Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पोल्याण्डले युक्रेनलाई हतियार उपलब्ध नगराउने भएको छ । गहुँको आयातलाई लिए दुई देशबीच तनाव बढ्दै जाँदा पोल्याण्डका प्रधानमन्त्री मतेउज मोराविकीले टेलिभिजनमार्फत सम्बोधन गर्दै युक्रेनलाई हतियार नदिने घोषणा गरेका हुन् ।

अब पोल्याण्डलाई नै आधुनिक हतियारले सुसज्जित गर्ने पनि उनले बताएका छन् । ‘अबबाट हामी युक्रेनलाई हतियार प्रदान गर्दैनौं । किनभने अब हामी पोल्याण्डलाई नै अत्याधुनिक हतियारले सुसज्जित गर्छौं,’ प्रधानमन्त्री मोराविकीले भने ।

गहुँलाई लिएर विवाद बढ्दा रसियाले युक्रेनमाथि आक्रमण सुरु गरेयता नै भएको थियो । तर, ब्ल्याक सीको सिपिङ लेन नै बन्द गरेपछि युक्रेनले नयाँ रुटहरु खोज्नु परेको थियो । जसकारण मध्य युरोपमा ठूलो परिमाणमा गहुँ ‘होल्ड’ भएको थियो ।

त्यसपछि युरोपियन युनियनले बल्गेरिया, हंगेरी, पोल्याण्ड, रोमानिया र स्लोभाकियामा गहुँ आयात गर्न रोक लगाएको थियो । युक्रेनको गहुँका कारण स्थानीय बजारमा मूल्य घटिरहेको भन्दै चिन्तित बनेका किसानलाई फाइदा पुग्ने गरी सो निर्णय लिइएको थियो ।

सो प्रतिबन्ध सेप्टम्बर १५ मा सकिएको थियो । र, युरोपियन युनियनले त्यसलाई फेरि लागू गरेन । तर, हंगेरी, स्लोभाकिया र पोल्याण्डले भने गहुँ आयात नगर्ने पहिलाकै निर्णयलाई जारी राखे । त्यसपछि युक्रेनले वर्ल्ड ट्रेड अर्गनाइजेसन (डब्लुटीओ)मा ती राष्ट्रहरुविरुद्ध उजुरी दियो । युक्रेनले ती राष्ट्रहरुले अन्तर्राष्ट्रिय दायित्वहरुको विरुद्ध कार्य गरेको आरोप लगाएको छ ।

युक्रेनका व्यापार मन्त्री युलियन सिभरीडेन्कोले ईयुका सदस्य राष्ट्रले एक्लैले युक्रेनका सामानहरु आयातमा प्रतिबन्ध लगाउन नसक्ने बताएका छन् । तर पोल्याण्डले भने प्रतिबन्धलाई जारी राख्ने र डब्लुटीओमा गरिएको उजुरीले आफूहरुलाई खुसी नबनाएको जनाएको छ ।

पोल्याण्डका प्रधानमन्त्रीले युक्रेनले गहुँको विषयलाई थप उक्साए युक्रेनबाट आयात हुने अन्य सामानमा पनि रोक लगाउने चेतावनी दिएका छन् । गहुँ आयातमा प्रतिबन्ध लगाए पनि तीन देशले आफ्नो भूमिबाट युक्रेनको गहुँ निर्यातमा कुनै रोक नलगाउने जनाएको छ ।

तपाईको प्रतिक्रिया