Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं । ४० लाखभन्दा बढी  फलोअर्स भएको लोकप्रिय फेसबुक पेज रुटिन अफ नेपाल बन्द फेरि सक्रिय भएको छ । आफूबाट विगतमा केही गल्तीहरू भएको स्वीकार गर्दै अब गल्ती नगर्ने र पुष्टि नभएका ब्रेकिङ समाचार पोष्ट नगर्ने वाचा गरेर पेज सक्रिय भएको हो ।

‘कुनै पनि गल्ती वा त्रुटिहरू हामीले जानाजान गरेनौँ । यद्यपि, ती गल्तीहरू सिकाइको अनुभवकारुपमा ग्रहण गर्दै गल्ती नदोहोर्‍याउने प्रतिबद्धतासहित क्षमा माग्दछौँ’ पेजमा लेखिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गैरजिम्मेवारपूर्ण स्टाटसपछि उनको बचाउमा उत्रेको ‘रुटिन अफ नेपाल बन्द’ पाठकको चर्को दबाब थेग्न नसकेर बन्द भएको थियो । सञ्चालक भिक्टर पौडेलले भदौ १८ गते फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए । त्यसलगत्तै रुटिन अफ नेपाल बन्दको फेसबुक र इन्स्टाग्रामको पेज बन्द गरिएको थियो ।

  • यस्तो छ पोष्ट

RONB अब हाम्रो रूटिन बनिसकेछ*

ख्यालख्यालैमा सुरु भएको रुटिन अफ नेपाल बन्द (RONB) तपाईहरुको विश्वास र हौसलाले उदाहरणीय अभियान बन्यो । यो यात्रा उत्साहप्रद र गौरवपुर्ण थियो, छ र भइरहनेछ । यसबिचमा हामीले सँधै सकारात्मक सोच र जानकारीलाई प्राथमिकतामा राख्यौँ । धेरै उतार-चढाब आए तर थाहै नपाइ RONB हामी सबैको साझा समाज दैनिकी र रूटिन बनिसकेछ।

भनिन्छ, एकअर्काको माया र सम्मान बिना बनेको समाज जुनसुकै बेला पनि भाँडिन सक्छ । हामीले सँधै एकअर्काप्रति सम्मानभाव जाग्ने, हौसला र उर्जा थप्ने नविनतम प्रयासका खबर र कामहरूलाई मद्दत गर्यौ। सामाजिक कामहरुलाई अगाडी बढाउने समाजलाई जोडिराख्न् र सदभाव कायम राखीरहने काममा हाम्रो ल्याकतले भ्याएसम्म सधै कोशिस गरिरह्यौँ ।

उत्साह, सकरात्मक सोचसंगै हामी शिकारु पनि थियौँ । नयाँ प्रबिधि, सकारात्मक खबरमात्रै दिने नयाँ प्रयास र नयाँ पुस्ताको मनपर्ने शब्दहरुको संयोजन जति रोमाञ्चक थियो, त्यति नै जोखिमपुर्ण पनि । हामीले जति ध्यान दिए पनि नचाहाँदा नचाहादै पनि केहि गल्ति, त्रुटिहरु भएका छन् र हामीले थाहा नपाएका अझै धेरै पनि हुन सक्लान् । त्यसो हुनुमा कहिले असम्बन्धित सन्दर्भ र खराब समय पर्यो होला, कहिले अनुपयुक्त शब्द पर्यो होला तर हाम्रो नियत कहिल्यै खराब थिएन । कुनै पनि गल्ति वा त्रुटीहरु हामीले जानाजान गरेनौँ । यद्यपि, ति गल्तिहरु सिकाइको अनुभवकारुपमा ग्रहण गर्दै गल्ति नदोहोर्याउने प्रतिबद्धतासहीत क्षमा माग्दछौँ । र, नयाँ किसिमले समाजमा थप सकारात्मकता थप्न, केहि गर्छु भन्नेहरुको मनोबल बलियो बनाउन सहयोग गर्न गैरराजनीतिक सामाजिक जानकारी, खबर लिएर आउनेछौँ । विश्वास छ, सबैको मन जित्नेछौँ । आशा छ हामी तपाइको प्रिय रूटिन बनिरहने छौ।

अबका हाम्रो उद्देष्यहरु न्यूनतमरुपमा यी हुनेछन् :

१. गैरनाफामुलक अथवा पब्लिक कम्पनीमा जाने सम्भावना खोजी गर्नेछौँ ।
२. हामीले पोस्ट गर्ने सामग्रीहरु ब्रेकिङ भन्दा पनि सत्य र प्रमाणीत बनाउनेछौँ । प्रमाणीकरण गर्न एकदमै संवेदनशील हुनेछौँ ।
३. पोस्ट गर्ने समय वा परिस्थितिले हाम्रो सामग्रीहरुको अर्कै अर्थ लाग्छ कि भनि सचेत हुनेछौँ ।
४. हाम्रो उद्देष्य कसैलाई बहकाउने (Manipulate) गर्ने थिएन तर हाम्रा पोस्टहरुले त्यस्तो नगरोस् भनेर थप सचेत हुनेछौँ ।
५. सामाजिक कार्य रगतखोजी तथा हराएका वा भेटिएका व्यक्ति र सामग्रीहरु जस्ता हेल्प पोस्टहरुलाई पहिलो प्राथमिकता दिनेछौँ । यसका लागि हाम्रो एपलाई माध्यमकारुपमा भरपुर प्रयोग गर्नेछौँ ।
६. आमनागरिकहरुको चासोलाई सम्बोधन हुने गरेर Feedback Forum बनाउने छौँ ।
७. हप्तामा कम्तिमा एउटा नेपालमा बनेको वा कुनै विशेष स्टार्ट अपको बारेमा निशुल्क प्रमोसन वा शुल्क लिएमा त्यसलाई सामाजिक काममा प्रयोग गर्नेछौँ ।
८. दिनमा एउटा सामाजिक सचेतनाका बिषयलाई पोस्ट गर्नेछौँ ।

९. RONB देशको निती नियम र संस्कारलाई सम्मान गर्दै नेपाली समाजलाई सहि बाटोमा लैजान सहयोगी बन्न प्रयत्नरत रहने छ।
र, RONB कुनै व्यक्ति वा समूहको ब्रान्डकारुपमा मात्र नरहेर सम्पूर्ण आमसर्वसाधारण नेपालीको पहुँच र सम्पर्कको ब्रान्डकारुपमा स्थापित गर्ने दिशातिर लाग्नेछौँ ।
“हाम्रो नेपाल-राम्रो नेपाल-हाम्रो रूटिन

तपाईको प्रतिक्रिया