Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – संविधानलाई लिएर नेपाली कांग्रेसका नेताहरुको मत बाझिएको छ। कांग्रेसले बुधबार पार्टी कार्यालयमा गरेको कार्यक्रममा संविधान कसको विचारबाट प्रभावित भन्ने विषयमा नेताहरुको मत बाझिएको हो। पूर्वसभामुख एवं कांग्रेसका पुराना नेता दमननाथ ढुंगानाले संविधानमा पार्टीका संस्थापक नेता बीपी कोइरालाको विचार कतै पनि प्रकट नभएको बताए। बीपीको बिचार, आजको संविधान र अबको बाटोबारे कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको प्रश्‍नमा ढुंगानाले भने, ‘संविधानमा बीपीको नामोनिशाना छैन। संविधानमा बीपीलाई निषेध गरियो।’

उनले संविधानलाई माओवादीलाई चित्त बुझाउन बनाइएको दस्तावेज भनेका छन्। बीपीबारे गहिरो ज्ञान राख्ने भएकाले कांग्रेसले आफूलाई संविधान सभामा नलगेको आरोप लगाए। उनले भने ‘बीपीबारे बुझ्ने भएर पनि होला, मलाई संविधान सभामा पस्न दिएनन्। एकजना दमननाथ भएको भए संविधान उलटपुलट हुन सक्थ्यो। यो माओवादीलाई चित्त बुझाउन बनाएको संविधान हो।’ढुंगानाले संविधानमा मौलिक हक ३१ वटा राखिएकामा असन्तुष्टि जनाए। ‘३१ वटा मौलिक हक संविधानमा। तर केही पाए त जनताले? कांग्रेस नै झुक्या हो कि? कतै राष्ट्रिय ब्लन्डर नै हो? यो संविधानमा बीपी तत्व मात्र होइन, कांग्रेस नै भेटिंदैन’, उनले भने।

तर कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भने संविधान माओवादीबाट नभइ कांग्रेसको विचारधारबाट प्रभावित दस्तावेज भएको दाबी गरे। ‘संविधान माओवादीबाट प्रभावित होइन, कांग्रेसबाट प्रभावित हो। कांग्रेसले आफ्नो पार्टीका लागि मात्रै सोच्दैन, अरु पार्टीलाई पनि साथ लिइ संविधान बनाएको हो। संविधानमा बीपीलाई भेट्न सकिन्छ’, उनले भने। कार्यक्रममा राजनीतिक विश्‍लेषक निलाम्बर आचार्यले बीपीले सोचेको आर्थिक उन्नति संविधान जारीपछिको ८ वर्षमा हासिल भयो त भनी प्रश्‍न गरे। उनले युवाहरुलाई विदेश पलायनबाट रोक्न नसके देशमा समृद्धि सम्भव नरहेको भन्दै यसबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए।

तपाईको प्रतिक्रिया