Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – डा लुशुन चालिसेको संयोजकत्वमा जापान मेडिकल एशोसिएसन घोषणा गरिएको छ । केही समयमै औपचारिक रुपमा गठन गरिने एशोसिएसनको एनआरएनए हेल्थ कमिटीको आयोजनामा टोकियोमा भएको ग्लोबल नेपाली हेल्थ कन्फ्रेन्समा उक्त एशोसिएसनको घोषणा गरिएको हो ।

जापानमा रहेका नेपालीहरुको स्वास्थ्यमा सहजीकरणका लागि नेपाली चिकित्सक, नर्स, पारामेडिक्स र स्वास्थ्यका अन्य विधामा कार्यरत नेपालीहरु उक्त एशोसिएसनका सदस्य रहनेछन् । अहिले संस्थापन सदस्यका रुपमा डा एलिजा केसी भण्डारी, डा सन्दिप शाक्य, डा सुवास अधिकारी, डा ससीम पौडेल, डा सन्तोष श्रेष्ठ र डा सुमन श्रेष्ठ रहनेछन् ।

जापानमा नेपाली आप्रवासीहरु अन्य क्षेत्रको तुलनामा स्वास्थ्य क्षेत्रबाट न्युन संख्यामा रहेका छन् । अहिलेसम्म जापानमा लाइसेन्स लिएर कार्यरत जम्मा ५ जना चिकित्सक मात्रै सम्पर्कमा रहेको डा चालिसेले बताए। उनले भने, ‘हामी सानो संख्यामा छौं तर हामीले संगठित भएर काम गर्दा एकमा एक जडिएर दुई होइन, एक र एकबाट हजार बन्नेछ । यहाँ रहेका नेपालीहरुको सेवाका लागि हामीले काम गर्न सक्नेछौं ।’

उक्त कमिटीमा जापानामा कार्यरत नर्स तथा जनस्वास्थ्यकर्मी डा एलिजा केसी भण्डारी, डा सन्दिप शाक्यलगायत रहनेछन् । विगत २२ वर्षदेखि जापानमा रहेका डा चालिसे अहिले नायोगा सेन्ट्रल हस्पिटलमा कन्सल्ट्यान्ट न्युरो सर्जनका रुपमा कार्यरत छन् । व्यक्तिगत रुपमा नेपालीहरुको स्वास्थ्य समस्या समाधानमा सधैं लागिपर्ने गरेका उनले संस्थागत पहल नै जरुरी भएर एशोसिएसन गठन गरिएको बताए ।

उनले थपे, ‘हामीले काम गरिरहेकै छौं । त्यसलाई संगठित रुपमा काम गर्नुपर्ने आवश्यकता महसुस गरेर एक ठाउँ आउने माध्यम संस्था बनाउन लागिएको हो । बृहत् रुपमा सहयोग गर्न सरकारी एजेन्सीको रुपमा दूतावास र गैरसकारी रुपमा एनआरएन जापानको ठूलो भूमिका हुनेछ । उपाध्यक्ष डा एलिजा केसीजी मेडिकल क्षेत्रबाट हुनुहुन्छ र अध्यक्ष नवीन न्युरे युवा पनि हुनुहुन्छ । त्यसैले यो कार्यसमितिबाट आशा पनि राखेको छु।’

एनआरएनए जापानको उपाध्यक्षसमेत रहेकी डा केसीले जापानमा रहेका नेपालीहरुको स्वास्थ्यका समस्यालाई नै मध्यनजर गरेर पाँचौं ग्लोबल नेपाली हेल्थ कन्फ्रेन्स जापानमा आयोजना गरिएको बताइन् । जापानमा कार्यरत नेपालीका अन्य संघ/संस्थाले त्यही रुपमा बुझ्न नसकेकोप्रति चित्त दुखाइ प्रकट गर्दै आगामी दिनमा साथ सहयोग रहने अपेक्षा गरिन् ।

तपाईको प्रतिक्रिया